कात्तिक ३०, २०८०
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज (मंगलवार) एकाएक बढेको छ ।
कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न थालेको थियो । जब अर्थमन्त्रीको उक्त धारणा सार्वजनिक भयो तब बजारले उकालोको यात्रा तय ग¥यो । कारोबार शुरु भएको २८ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि भने एकाएक बढ्न थाल्यो ।
नेप्से परिसूचकको उकालो यात्रा अपराह्न १ बजेर २७ मिनेटसम्म निरन्तर रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक २६.९१ बिन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकिएको छ । प्रतिशतका आधारमा नेप्से २.३९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.१२ प्रतिशत अर्थात ५.२२ बिन्दुले बढेर २५१.५७ मा पुगेको छ । नेप्से परिसूचक वृद्धिको तुलनामा कारोबार रकम भने बढ्न सकेन । आज कुल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरिदबिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये ११ उपसमूहको शेयर उकालो लागेको भने सामूहिक लगानी कोष भने घटेको छ । कोष ०.०४ प्रतिशतले घटेको छ । बैङ्किङ २१.०७, व्यापार २.२८, होटल ५७.७९, विकास बैङ्क २६.७७, जलविद्युत् ३९.५, वित्त ८.४६, निर्जीवन बीमा ८८.५७, उत्पादन १०७.१, अन्य २०.२६, लघुवित्त ३०.२ र जीवन बीमा १०२.९३ अङ्कले बढ्यो ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको रु तीन करोड ४९ लाख ७७ हजार ३६० मा शेयर खरिदबिक्री भयो । सो बैङ्कले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।
त्यस्तै नेपाल बैङ्कको रु दुई करोड ९७ लाख एक हजार ६६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ८३ लाख ३८ हजार २०६, शिवम् सिमेन्ट रु एक करोड ९९ लाख ७६ हजार, प्रभू बैङ्क रु एक करोड ४५ लाख १९ हजार ८७८ र सानिमा बैङ्कको रु एक करोड २८ लाख ४० हजार ७०२ मा खरिदबिक्री भयो ।
त्यस्तै शिवम् सिमेन्टका लगानीकर्ताले ९.९० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.६२, राधी विद्युत् कम्पनी ९.४५, अपि पावर कम्पनी ९.१७, कर्णाली डेभलपमेन्ट बैङ्क ८.९१ र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ८.९१ प्रतिशतले कमाए । बढेको बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५.५९, आँखुखोला जलविद्युत् कम्पनी ५.३५, सिटिजन बैङ्क इन्टरनेशनल ५.०६, सिन्धु विकास बैङ्क ४.७६, सानिमा इक्विटी फण्ड ३.०३ र कालिका पावर कम्पनीका शेयरधनीले २.४३ प्रतिशतले गुमाए ।
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
संसारमा सबैभन्दा कठिन काम मान्छे चिन्नु हो । आफन्त वा सहयोगी हौँ भनेर अघिपछि रहनेलाई चिन्न त अझै कठिन हुन्छ । अन्य चीज प्रत्यक्ष देखिन्छ । नदेखिए पनि अनुमान लगाउन सकिन्छ तर मानिस त्यस्तो हुँदैन । जति देखिएको हुन्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...