×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षाको हक पूरा गर्न सञ्चय कोषको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री खतिवडा

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पूरा गर्ने कार्यमा कर्मचारी सञ्चय कोषको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कोषजस्ता दीर्घकालीन सम्झौता बचत गर्ने संस्थाको लगानी पूँजी बजार, मुद्रा बजार र पूर्वाधार विकासको क्षेत्रमा उपयोग गर्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा बोल्दै नेपाल सरकारका सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएसँगै आगामी दिनमा कोषको परम्परागत भूमिकामा परिवर्तन हुने र यसलाई कार्यान्वयन गर्न व्यावसायिकता र दक्षताको पूर्ण उपयोग गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

कोषका प्रशासक तुलसीप्रसाद गौतमले कोष ५८ वर्षमा प्रवेश गरिरहँदा यसको गन्तव्यले नयाँ मोड लिएको बताए । उनले परम्परागत सञ्चय कोष प्रणालीलाई निवृत्तिभरण प्रदायक संस्थाको रुपमा रुपान्तरित हुने अवसर प्राप्त भएको बताउँदै कोषप्रति गरिएको विश्वास र भरोसाका लागि नेपाल सरकारप्रति आभार व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमको लागि तयार गरेको कम्प्यूटर प्रणालीको शुभारम्भ गरे । कोषमा २५ वर्ष सेवा गर्ने २ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान समेत गरिएको छ ।

कोषले २०७६ साउन १ गतेपछि स्थायी नियुक्त हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी पाएपछि सञ्चालनको तयारी पूरा गरेको छ ।

योजनाका लागि आवश्यक पर्ने संरचनागत, प्रक्रियागत र प्रणालीगत तयारी पूरा भएको प्रशासक गौतमले बताए ।

कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार विक्रम संवत् २०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ६ लाख सञ्चयकर्ताको करीब ३ सय ४५ अर्बभन्दा बढीकोे वित्तीय स्रोत रहेको छ । सञ्चित रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधा प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसूति स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत् कम्पनी माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवर्धित विभिन्न जलविद्युत् आयोजनामा ऋण लगानी गरिरहेको छ भने नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ । 

कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताको रहने गरी बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण प्रक्रियाको शुरूवात गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताए ।

वार्षिकोत्सव समारोहमा प्रस्तुत प्रशासक तुलसीप्रसाद गौतमको मन्तव्यको पूर्णपाठ :-

१.    प्रारम्भ :
१.१    सरकारी तथा औपचारिक क्षेत्रका कर्मचारी तथा कामदारहरुको अवकाश योगदानको व्यवस्थापनका माध्यमबाट बृद्धावस्थाको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यले  वि.सं. २०१९ सालमा स्थापना भएको मुलुकको जेठो वित्तीय संस्था कर्मचारी सञ्चय कोष आजदेखि ५८ औं वर्षमा प्रवेश गरेको छ । 

१.२    यस गौरवमय अवसरमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुहुने प्रमुख अतिथि माननीय अर्थ मन्त्रीज्यू, विशेष अतिथिज्यूहरु एवम् अन्य आमन्त्रित पाहुनाहरुलाई कर्मचारी सञ्चय कोष परिवारको तर्फबाट सम्मानपूर्वक हार्दिक स्वागत तथा अभिवादन अर्पण गर्दछु । यस सुखद मौकामा कोषका सम्पूर्ण आदरणीय सञ्चयकर्ताहरुलाई सम्मान पूर्वक स्मरण गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । तपाई सञ्चयकर्ताहरुको योगदान रकमको सुरक्षित परिचालन, प्रतिफलको न्यायोचित वितरण तथा सेवा प्रवाहमा गुणात्मक सुधारको माध्यमबाट सञ्चयकर्ताको सर्वोपरी हित र प्रति सदैव क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

१.३    ईतिहासका कठिन मोडहरु पार गर्दै कोषलाई मुलुकको एक सुदृढ, सफल र विश्वसनीय संस्थाको रुपमा स्थापित गर्न तथा गौरवमय ईतिहास कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण अग्रजहरुको योगदानको स्मरण गर्दै उहाँहरु प्रति उच्च सम्मान अर्पण गर्दछु ।

१.४    स्थापनाको ५८ औं वर्ष प्रवेश गरेको यस स्वर्णिम अवसरमा कर्मचारी सञ्चय कोषको वर्तमान अवस्था र भावी कार्ययोजना सम्बन्धमा यहाँहरु समक्ष केहि कुरा प्रकाश पार्ने अनुमति चाहान्छु । 

२.    कोषको वर्तमान अवस्थाः 

२.१    कोषको केन्द्रीय कार्यालय, पुल्चोक ललितपुर तथा प्रमुख कारोबारस्थल ठमेल कार्यालयमा रहेका एघारवटा विभाग एवम् सातवटै प्रदेशमा रहेका आठवटा शाखा कार्यालय र तीनवटा  सेवा केन्द्रबाट कोषमा कार्यरत कूल ५ सय कर्मचारीहरु मार्फत करिव ६ लाख सञ्चयकर्ताको ३४५ अर्व रुपैया भन्दा बढीे वित्तीय स्रोतको कोषले कुशलतापूर्वक व्यवस्थापन गरिरहेको छ । 

२.२    सञ्चय कोष योगदानको व्यवस्थापन गरी सञ्चयकर्ताको बृद्धावस्थाको आर्थिक सुरक्षा प्रदान गर्नुको अतिरिक्त सञ्चयकर्ताका सेवाकालका विभिन्न आवश्यकतालाई समेत सम्वोधन गर्न कोषले विभिन्न प्रकारका सामाजिक सुरक्षा सम्बन्धी सुविधाहरु र सहुलियतदरमा सापटीहरु समेत प्रदान गर्दै आएको छ । 

२.३    वि.सं. २०७६ साल असार मसान्तसम्ममा (लेखापरीक्षण सम्पन्न हुन बाँकी) कोषको कूल वित्तीय स्रोत रु. ३ खर्ब ४५ अर्व ६९ करोड पुगेको छ । यो रकम अधिल्लो आर्थिक बर्षको भन्दा ११ प्रतिशतले बढी हो । कूल स्रोत  मध्ये रु.३ खर्ब ३८ अर्ब ०६ करोड अर्थात ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा प्रवाह गरिएको छ । जस मध्ये सञ्चयकर्ता सापटीमा ५३ प्रतिशत, परियोजना कर्जामा १६ प्रतिशत, बैंकहरुको मुद्दती निक्षेपमा २३ प्रतिशत र अन्य क्षेत्रमा ८ प्रतिशत छ । 

२.४    आर्थिक वर्ष २०७५/७६ को अवधिमा ऋण तथा लगानीबाट कूल रु. २९ अर्ब ५३ करोड आम्दानी भएको छ । यसबाट सञ्चयकर्तालाई प्रदान गरिएको व्याज तथा कोषको सञ्चालन खर्च कटाउँदा रु. ३ अर्व ७५ करोड खुद मुनाफा हुने देखिएको छ । मुनाफा रकमलाई सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा तथा मुनाफा वितरणमा उपयोग गरिनेछ । 

३.    सञ्चय कोषले लिएको नयाँ मोडः  

३.१    कोष स्थापना भएको अन्ठाउन्न वर्षमा प्रवेश गरिरहँदा कोषको गन्तव्यले नयाँ मोड लिएको छ । सरकारी क्षेत्रमा रहेको परम्परागत योगदान रहित निवृत्तभरण प्रणालीको सट्टा योगदानमा आधारित निवृत्तभरण प्रणाली लागू भएको छ । योगदानमा आधारित निवृत्तभरण ऐन, २०७५ वमोजिम २०७६ साल साउनदेखि नियूक्त हुने सरकारी सेवाका सबै कर्मचारीहरुको निवृत्तभरण कोषको व्यवस्थापन गर्ने जिम्मेवारी कर्मचारी सञ्चय कोषमा  आएको छ । यो कर्मचारी सञ्चय कोषको लागि दूरगामी महत्वको बिषय हो । यसबाट सैनिक द्रव्य कोषको नामबाट प्रारम्भ भएको परम्परागत सञ्चय कोष प्रणालीलाई  निवृत्तभरण प्रदायक संस्थाको रुपमा रुपान्तरित हुने अवसर प्राप्त भएको छ । सञ्चय कोषप्रतिको विश्वास र भरोसाका लागि नेपाल सरकारप्रति कर्मचारी सञ्चय कोष परिवार हार्दिक आभार प्रकट गर्दछ । निवृत्तभरण कोषको व्यवस्थापनका लागि आवश्यक पर्ने संरचनागत, प्रक्रियागत एवम् प्रणालीगत तयारी पूरा गरी आज यसै समारोह मार्फत निवृत्तभरण कोष व्यवस्थापनको विधिवत रुपमा प्रारम्भ गरिनेछ । 

३.२    योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा कोषको स्थापना भई सामाजिक सुरक्षा कार्यक्रमहरुको कार्यान्वयन प्रक्रिया अघि बढेको छ । यस सँगै निजी तथा संगठित क्षेत्रका कर्मचारीहरुलाई कोषमा आवद्ध गराई कोषको दायरा विस्तार गर्ने अभियान अवरुद्ध भएकोछ । तथापी कोषमा साविकमा आवद्ध भई सकेका संस्थाहरुले सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदान आरम्भ नगरेसम्म साविक बमोजिम नै कर्मचारी सञ्चय कोषमा नियमितरुपमा रकम जम्मा गर्ने एवम् त्यस्तो रकम कोषमा नै सुरक्षित रहने व्यवस्था मिलाईएको छ । 

४.    विगत एक वर्षमा कोषले हासिल गरेका प्रमुख उपलव्धीहरुः

गत बर्ष नेपाल सरकार, अर्थ मन्त्रालय र कोषका प्रशासक बीच भएको कार्य सम्पादन सम्झौता अनुरुपको एक बर्षको कार्य प्रगति विवरण सञ्चालक समिति मार्फत नेपाल सरकार समक्ष प्रस्तुत गर्ने प्रकृयामा रहेको छ । कार्य सम्पादन सम्झौतामा राखिएका लक्ष्यको तुलनामा उत्साहजनक प्रगति भएको विवरण प्रस्तुत गर्न पाउँदा मलाई गौरवको महसूस भएको छ । अव म गत एक बर्षमा कोषले हासिल गरेका प्रमुख उपलव्धिहरु प्रस्तुत गर्दछु :-

४.१    सञ्चयकर्ता सेवा :-

-    प्रभावकारी र गुणस्तरीय सेवाका लागि  पर्याप्त र विश्वसनीय सूचना आवश्यक पर्ने भएकाले KYC फारामको माध्यमबाट फोटो, दस्तखत र औंठाछाप सहितको सञ्चयकर्ताको विवरण विद्युतीय माध्यमबाट संकलन प्रारम्भ गरी २ लाख ५० हजार भन्दा बढी सञ्चयकर्ताको विवरण अध्यावधिक गरिसकिएको र यो अभियान चालु आर्थिक वर्षमा सम्पन्न गरिनेछ । 

-   गतवर्ष निजामती कितावखाना, महालेखा नियन्त्रकको कार्यालय र नेपाल दूर सञ्चार कम्पनी लिमिटेडसँग भएका समझदारी सम्झौता कार्यान्यन भई रहेका छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) सँग सहकार्य गरी कोषबाट प्रवाह हुने सापटी/भुक्तानीलाई चेक रहित तुल्याईएको छ । हाल परीक्षणको रुपमा लागू गरिएको यस कार्यक्रमलाई चालु आर्थिक वर्ष भित्र कोषका सबै कारोबारमा कार्यान्वयनमा ल्याईनेछ ।

-    सञ्चयकर्तासँगको सवै प्रकारका कारोवारको जानकारी SMS मार्फत प्रदान गर्न प्रारम्भ गरिएको छ । नयाँ नियुक्त हुने कर्मचारीलाई राष्ट्रिय किताब खानाबाटै कोषको परिचयपत्र नम्बर प्रदान गर्ने प्रणालीको विकास गरिएको छ । 

-    सञ्चय कोष योगदानको सङ्कलन तथा लेखाङ्कनको कार्य शाखा कार्यालयबाटै गर्ने व्यवस्था गत वर्षबाट प्रारम्भ गरिएकोमा कूल फाँटवारीको करिव ३५ प्रतिशत लेखाङ्कन शाखा कार्यालयबाटै भएको छ । 

-    सञ्चय कोष योगदान रकम सञ्चयकर्ताको खातामा जम्मा हुनु पूर्व नै अनलाईन बैंक रिकन्सिलिएसन प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको छ । 

-    उल्लेखित प्रयासबाट सेवा प्रवाहमा गुणात्मक सुधार हुनाको साथै कोषको कारोबार थप विश्वसनीय र यथार्थपरक भएको छ । 

४.२    लगानी व्यवस्थापनः

-    सुरक्षित, प्रतिफलयुक्त र दीगो लगानीबाट प्राप्त हुने प्रतिफलको न्यायोचित वितरणलाई सुनिश्चित गर्न कोषको लगानी व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाईएको छ । 

-    कर्जा तथा लगानी नीति, २०७५ कार्यान्वयनमा ल्याईएको छ । यसबाट लगानीको सुरक्षा र जोखिमको न्यूनीकरण, सञ्चयकर्तालाई उपयुक्त प्रतिफल, सामाजिक सुरक्षाको सुनिश्चितता, लगानीको विविधिकरण, राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान, पूँजी बजारको प्रवद्र्धन तथा वित्तीय बजारको स्थिरताको लागि योगदान पुग्ने विश्वास गरिएको छ ।  

-    बैंकहरुको सहवित्तीयकरणमा सहभागी भई यस वर्ष दुईवटा ठूला परियोजनाहरुमा लगानी गर्ने निर्णय गरिएको छ । लगानीका लागि केहि परियोजनाहरु अध्ययनको क्रममा रहेका छन् । 
-    पूँजीबजारका क्षेत्रमा कोषको लगानीलाई प्रवद्र्धन गर्न विगत एक वर्षको अवधिमा नेपाल बैंक लिमिटेड, धितोपत्र विनिमय बजार लिमिटेड लगायत ४ वटा कम्पनीको शेयरमा लगानी गरिएको छ । यो सँगै कोषबाट शेयर लगानी भएका कम्पनीको संख्या २० पुगेको छ । 

-    वित्तीय बजारमा तरलताको अभाव भईरहेको सन्दर्भमा कोषले विगतमा लगानी गरेको न्यून प्रतिफल र लामो अवधिको करिव १२ अर्व ५० करोड रुयैयाँ बराबरको सरकारी ऋणपत्रहरुलाई दोश्रो बजार मार्फत विक्री गरी सो रकमलाई लामो अवधिको मुद्दती निक्षेपमा लगानी गरिएको छ । यस निर्णयबाट कोषको प्रतिफलमा बार्षिक करिव ७५ करोड रुपैया बृद्धि भएको छ भने यसबाट बैंकहरुको लगानी योग्य रकममा समेत सकरात्मक प्रभाव परेको छ । 

४.३    प्रतिफल र सो को बाँडफाँड :-

-    लगानीबाट प्राप्त कूल प्रतिफलमध्ये ९५ प्रतिशत भन्दाबढी रकम ब्याज, मुनाफा र सामाजिक सुरक्षा सुविधाको रुपमा सञ्चयकर्तालाई नै प्रदान गर्ने गरिएको छ । आर्थिक वर्ष २०७४/७५ मा भएको रु. ३ अर्व ९४ करोड खुद मुनाफा मध्ये रु. २ अर्व ७६ करोड सञ्चयकर्तालाई मुनाफाको रुपमा वितरण गरिएको छ । 
-    त्यस्तो मुनाफा मध्ये आधा रकम सञ्चयकर्ताको सञ्चयकोष खातामा जम्मा गरिएको छ भने बाँकी रकम बेतन कर्णली सञ्चयकर्ता हाईड्रो पावर कम्पनीमा सञ्चयकर्ताको नाममा शेयर लगानी गर्ने प्रयोजनका लागि अलग्गै कोषमा जम्मा गरिएको छ ।

४.४    सामाजिक सुरक्षा :

-   कोषले आफ्नो मुनाफाबाट दायित्व व्यहोर्ने गरी विभिन्न चारवटा सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ती कार्यक्रमहरु मार्फत आर्थिक वर्ष २०७५/७६ मा २१ हजार सञ्चयकर्तालाई रु. १९ करोड ९७ लाख  सामाजिक सुरक्षा सुविधा वितरण गरिएको छ । 

-    सञ्चयकर्ता सामाजिक सुरक्षा कार्यक्रमलाई गत वर्ष पूनरावलोकन गरी काजक्रिया खर्चमा रु. ३० हजारवाट बृद्धि गरी रु.४० हजार र दुर्घटना क्षतिपूर्तिको रकममा साविको रु. १ लाख २५ हजारबाट बृद्धि गरी रु. २ लाख कायम गरिएको छ । 

-    सञ्चयकर्ताको स्वास्थ्य सम्बन्धी समस्यालाई सम्बोधन गर्न कोषले नै बीमा प्रिमियम तिरिदिने  गरी साधारण रोगको उपचारमा रु. १ लाख र कडा रोगको उपचारमा रु. १० बीमाङ्क कायम गरी राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत बीमा गरिएको छ । 

४.५    कार्य सम्पादन व्यवस्थापन :-

-   विभाग तथा शाखा कार्यालयहरुको कार्यलाई थप प्रभावकारी र परिणाममूलक बनाउने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ मा कोषका सबै विभाग र शाखा कार्यलयका प्रमुखहरुसँग  कार्यसम्पादन सम्झौता गरिएको थियो । 
-    कार्य सम्पादन लक्ष्य र उपलब्धिको मूल्यांकन गर्दा प्राय सबै विभाग तथा शाखा कार्यालयहरुको कार्यसम्पादन स्तरमा गुणात्मक सुधार भएको पाईएकोले चालु आ.व.मा विभागीय प्रमुखदेखि शाखा प्रमुखसम्म विस्तार गरिएको छ । 

४.६    संस्थागत सुदृढीकरण र मानव संसाधन व्यवस्थापन :-

-    कोषको कार्यबोझ र कार्य प्रकृतिमा भएको परिवर्तन अनुरुप कोषको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M) सम्पन्न गरी नयाँ संगठनात्मक संरचना र दरवन्दी लागू गरिएको छ । 

-    सबै कर्मचारीलाई तालिमको माध्यमबाट दक्ष बनाउने कोषको नीति अनुरुप आर्थिक वर्ष २०७५/७६ मा ३०६ जना कर्मचारीलाई स्वदेशमा र ७९ जना कर्मचारीलाई वैदेशिक तालिम प्रदान गरिएको छ । 

४.७    लेखा र लेखापरीक्षणः

-    आर्थिक वर्ष २०७५/७६ को कारोवारको लेखाङ्कनको कार्य सम्पन्न भई लेखापरीक्षणको कार्य प्रारम्भ भएको छ । महालेखा परीक्षकको कार्यालयबाट तोकिएको समय भित्रै लेखापरीक्षण सम्पन्न गर्न कोष प्रतिवद्ध रहेको छ । 

-    आर्थिक वर्ष २०७४/७५ का वित्तीय प्रतिवेदनहरु नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुरुप तयार गरी समयमै लेखापरीक्षण सम्पन्न गरिएको छ । 

-    गत आर्थिक वर्षदेखि नै प्रत्येक तीन महिनामा कोषको वित्तीय विवरणको सारांश प्रकाशन गर्ने व्यवस्था गरिएको छ । 

४.८    सम्पत्ति व्यवस्थापन :

-    सुन्धारा तथा लगनखेलस्थित कोषका भवनमा रहेको वहाल असूलीको समस्यालाई वहाल सम्झौता र प्रचलित कानूनको अधिनमा रही समाधान गरिएको छ । साथै, वहाल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन वहाल व्यवस्थापन कार्यविधि तयार गरी लागू गरिएको छ । 

-    कोषका भवनहरुलाई व्यवसायिक रुपमा उच्चतम उपयोग गर्ने नीति अनुरुप ठमेलमा रहेको कोषको कार्यालयलाई लगनखेल स्थित कोषको भवनमा स्थानान्तरण गर्ने र ठमेलको भवनलाई व्यवसायिक उपयोग गरिनेछ । 

-    सवै शाखा कार्यालयहरुलाई भौतिक संरचनायुक्त बनाउने क्रममा सुर्खेत, कोहलपुर, पोखरा र हेटौडामा नयाँ कार्यालय भवन निर्माण गर्ने प्रक्रिया प्रारम्भ गरिएको तथा जनकपुर र धनगढीमा जग्गा खरिदको प्रक्रिया अघि बढाईएको छ ।

-    कोषको स्वामित्वमा रहेका घर जग्गाको व्यवस्थापन गर्न र सञ्चयकर्ता आवास सम्बन्धी कार्यक्रम अगाडि बढाउन कोषको पूर्ण स्वामित्वमा रहने गरी आवास कम्पनी स्थापनाको कार्य अगाडि बढाइएको छ । 

५.    कोषको भावी योजना र प्रतिबद्धता 

५.१    कोषलाई योगदानमा आधारित निवृत्तभरण कोषको कार्यान्वयन गर्ने गरी प्राप्त नयाँ जिम्मेवारी तथा सामजिक सुरक्षा कोषको स्थापनाले कर्मचारी सञ्चय कोषको अवको गन्तव्य र मार्गचित्र स्पष्ट गरिदिएको छ । यस अर्थमा, सरकारी एवम् सार्वजनिक क्षेत्रको सञ्चय कोष, निवृत्तभरण कोष लगायत सबै प्रकारको सामाजिक सुरक्षाको व्यवस्थापन गर्नु कर्मचारी सञ्चय कोषको अवको कार्यदिशा हुनेछ र कोषको अवका सम्पूर्ण गतिविधि त्यसैतर्फ केन्द्रीत हुनेछन् । 

५.२    यस परिवर्तित सन्दर्भमा वित्तीय स्रोतको दिगो र प्रभावकारी व्यवस्थापन, सामाजिक सुरक्षाको दायरा विस्तार, सेवा प्रवाहमा गुणात्मक सुधार, कोषको संस्थागत सुदृढीकरण र क्षमता विकास तथा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोगलाई कोषको प्रमुख रणनीतिक कार्यक्षेत्रको रुपमा अघि बढाईनेछ । 

५.३    एकीकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप कोषको दायरामा रहेका सरकारी तथा सार्वजनिक सेवाका सञ्चयकर्ताहरुको सबै प्रकारको सामाजिक सुरक्षाको व्यवस्थापन कर्मचारी सञ्चय कोष मार्फत नै हुनु पर्दछ र अन्तरराष्ट्रिय अभ्यास पनि यस्तै रहेको पाईन्छ । तसर्थ, अव तीनै तहका सरकार एवम् सार्वजनिक संस्थाका कर्मचारीहरुको निबृत्तभरण, सञ्चय कोष र अन्य सामाजिक सुरक्षाका विषयहरुलाई समेत समेट्ने गरी एकिकृत कानून निर्माण गर्नु आवश्यक भएको छ । साथै, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको कार्यक्षेत्रमा दोहोरोपना हुन नदिन थप नीतिगत सूधार गर्नुपर्ने देखिएको छ । 

५.४    दिगो विकासका लक्ष्यहरु हासिल गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मूलुकमा स्तरोन्नति गर्न तथा “समृद्ध नेपाल सुखी नेपाली” को अभिलासालाई पुरा गर्न लगानी अभिबृद्धि गर्न आवश्यक छ । कोषको दीर्घकालीन वित्तीय स्रोतलाई उर्जा, आवास तथा पूर्वाधार विकासका अन्य उययुक्त आयोजनाहरुमा लगानी अभिबृद्धि गरी उक्त राष्ट्रिय अभियानमा योगदान गर्न हामी प्रतिवद्ध छौं । 

५.५    प्रतिफल, सुरक्षा र नगद प्रवाह सुनिश्चित भएका पूर्वाधार विकासका आयोजनाहरुमा लगानीका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानिय तह र अन्य संस्थागत लगानीकर्ताहरु एवम् बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी र सहकार्य गर्न कोषले अन्तरक्रिया जारी राखेको छ । 

५.६    देशका “क” बर्गका बैंकको नियमन, संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा संस्थागत क्षमतामा भएको सुधार समेतलाई दृष्टिगत गरी कोषले बैंक तथा वित्तीय संस्थासँगको सहवित्तीयकरणका आधारमा हुने लगानीलाई प्राथमिकतामा राखेकोले उपयुक्त र विश्वसनीय परियोजनाको लगानीमा कोषलाई समेत साझेदार बनाउन म सम्पूर्ण बैंकका कार्यकारी प्रमुखज्यूहरुलाई  हार्दिक आग्रह गर्दछु । 

५.७    कर्मचारी सञ्चय कोषले नेपाल सरकारको जमानतमा नेपाल वायु सेवा निगमलाई प्रवाह गरेको कर्जाका सन्दर्भमा व्यक्त भएका चासो र चिन्ताको सम्मान गर्दै कोषको सम्पूर्ण लगानी पूर्ण सुरक्षित रहेको र निस्कृय कर्जाको अंश अत्यन्तै न्यून रहेको स्पष्ट गर्न चाहन्छु । यस सन्दर्भमा संसदीय समिति एवम् लेखापरीक्षण प्रतिवेदनबाट प्राप्त सान्र्दभिक सुझावहरुलाई आत्मसात् गर्दै कोषको लगानी प्रक्रियामा आवश्यक सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । 

५.८    कोषको वित्तीय स्रोतमा भएको निरन्तर बृद्धि, कारोवारको प्रकृतिमा भएको विविधता, प्रविधि प्रतिको बढ्दो निर्भरता एवम् आयोजनाहरुमा भएको लगानीको बृद्धि सँगै जोखिम पनि बढ्दै गएकाले कोषको जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाईनेछ । 

५.१०    कर्मचारी सञ्चय कोष ऐनले कोषलाई सञ्चयकर्ताका लागि आवास परियोजना सञ्चालन गर्ने र सो प्रयोजनका लागि कम्पनी वा संस्थाको स्थापना गर्ने जिम्मेवारी दिएको सन्दर्भमा सञ्चयकर्ताका लागि आवास परियोजना सञ्चालन गर्ने तथा कोषका घर जग्गाहरुको व्यवस्थापन गर्न ऐनले प्रदान गरेको अधिकार क्षेत्र भित्र रही अलग्गै आवास कम्पनीको स्थापना गरेर कार्य अगाडि बढाइनेछ । 

५.११    सञ्चयकर्ताको लागि गत वर्ष लागू गरिएको स्वास्थ्य वीमा योजनावाट प्राप्त अनुभवका आधारमा यसलाई थप परिष्कृत गरी सञ्चयकर्ताको अपेक्षा अनुरुप निरन्तरता दिइनेछ ।  

५.१२    योगदान रकमको संकलन, लेखांकन तथा सेवा प्रवाह पूर्ण स्वचालित रुपमा सञ्चालन गर्ने गरी वर्तमान कम्प्यूटर प्रणालीको स्तरोन्नति गरिनेछ । साथै, नेपाल सरकारका सम्बन्धित निकायहरु, बैंक तथा अन्य सरोकारवाला निकायहरुसँग सार्थक सहकार्यको माध्यमबाट कोषको सेवा प्राप्त गर्न सञ्चयकर्ताहरु कोषका कार्यालयसम्म आउनु पर्ने वाध्यताको क्रमशः अन्त्य गरिनेछ । 

५.१३     कुनै पनि संगठनको रणनीतिक सुधार अभियानमा दक्ष, उच्च मनोबलयुक्त एवम् अनुशासित मानव संसाधन, चुस्त र मितव्ययी संरचना, गतिशील र सक्षम नेतृत्व, एवम् पारदर्शी र वैज्ञानिक कार्यप्रणालीको आवश्यकता प्रति हामी सजग र सम्बेदनशील छौं । व्यवस्थापकिय र संरचनागत सुधारका हाम्रा सम्पूर्ण प्रयासहरु सोही मान्यताबाट निर्देशित हुनेछन् ।

५.१४    कार्य सम्पादन व्यवस्थापन (Performance Managment) लगायत मानव संशाधन व्यवस्थापनका आधुनिक अवधारणा र असल अभ्यासहरुको अनुसरण गर्दै कोषको मानव संशाधन व्यवस्थापन तथा विकास नीतिमा सुधार गरिनेछ ।  

६.    अन्त्यमा :-

६.१    नेपाल सरकारको सहयोग, सञ्चालक समितिको नीतिगत मार्गदर्शन, सरोकारवाला निकायहरुसँगको सहकार्य, सम्पूर्ण कर्मचारीहरुको सक्रिय योगदान एवम् कर्मचारी संगठनहरुको रचनात्मक सहभागिताको माध्यमबाट हामी हाम्रा रणनीतिक सुधारका प्रयासहरुलाई सार्थक बनाउन सफल हुनेछौं भन्ने मेरो विश्वास रहेको छ । कोषलाई आगाडि बढाउने प्रयासमा संलग्नता, साझेदारी, समर्थन र सहयोग पुर्‍याउनु हुने सबैलाई म हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दै आफ्ना भनाईलाई विराम दिन्छु । धन्यवाद !

भिडियो हेर्नुहोस् : 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x