कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
झापा - नजिकै आइरहेको बडादशैँ, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २ सय ३५ प्रहरी परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भयरहित वातावरणमा आम नागरिकले चाडपर्वलाई मनाउन पाउन् भन्ने उद्देश्यका साथ एक हजार २ सय ३५ प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।
उपरीक्षक मैनालीले सुरक्षा योजनाअन्तर्र्गत सवारी दुर्घटनामा न्यूनीकरण गर्ने, धार्मिक मेला लाग्ने मठमन्दिर र देवालयमा सम्भावित घटनाहरु रोकथाम गर्ने, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा गर्ने, मादक पदार्थ र जुवातास नियन्त्रण गरिने बताए ।
उनले जिल्लामा ४० चेक प्वाइन्ट राखिएको, पूर्वपश्चिम राजमार्गमा सात स्थानमा गस्ती टोली खडा गरिएको, सात वटा ‘रिजर्भ’ टोलीलगायत खटाएर सुरक्षा व्यवस्थालाई बलियो पारिएको जानकारी दिए ।
प्रहरीले गाडी र मोटरसाइकलमार्फत २४ घण्टा गस्ती गर्ने, बैङ्क तथा वित्तीय संस्था, ठूला व्यापारिक केन्द्र, प्रतिष्ठानलगायतका कार्यालयमा सुरक्षा व्यवस्थालाई कडा बनाउँदै बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन कार्यसमेत शुरु गरिएको उनले बताए ।
गुण्डागर्दी, चोरी र लुटपाटका सम्भावित घटना रोक्न सवारी साधनमा पनि सादा पोशाकमा हतियारसहितका प्रहरी परिचालन गरिएको उपरीक्षक मैनालीले जानकारी दिए ।
झापा जिल्लाको प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले सुरक्षा व्यवस्थालाई बलियो बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतका समितिहरुलाई सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिएको उनले बताउनुभयो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...