×

NMB BANK
NIC ASIA

कुन आकारका झण्डा हातमा र कुन आकारका झण्डा घरघरमा ? यस्तो छ कार्यविधि

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

Muktinath Bank

सरकारले कार्यविधि संसोधन गरेर राष्ट्रिय झण्डालाई नागरिकको घरघरमा राख्न पाउने व्यवस्था मात्रै गरेन, विभिन्न गैरसरकारी संंस्थाले कार्यालयमा र सवारी सधान भित्रसमेत सम्मानपूर्वक झण्डा राख्न मिल्ने बनाएको छ । यसवर्षको संविधान दिवसको नारा नै ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने रहेको छ । त्यही कार्यविधिमा टेकेर दिवस झण्डामय बनाउन सरकारले तयारी गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सरकारले कार्यविधि संसोधन गरी नागरिकका घरमा समेत झण्डा फहराउन सक्ने प्रावधान ल्याएको बताए ।


Advertisment
Nabil box
Kumari

'कार्यविधि परिवर्तन गरेर पहिलो पटक नागरिकका घरघरमा तथा गैरसरकारी संस्थाले पनि कार्यालयमा झण्डा राख्न पाउने भएका छन्, योभन्दा अगाडि सरकारी निकायमा बाहेक अन्य क्षेत्रमा पाइँदैनथ्यो, राष्ट्रिय झण्डाको दुरुपयोग नहुने गरी व्यक्तिगतरूपमा गाडीभित्र पनि राख्न पाइने छ”, सुवेदीले भने । संविधान दिवस आउन चार दिनमात्रै बाँकी छ ।

Vianet communication
Laxmi Bank

गृह मन्त्रालयले कुन निकायले कस्तो प्रकारको झण्डा प्रयोग गर्ने भन्नेबारे एक सूचनामार्फत झण्डा प्रयोगको कार्यविधि सार्वजनिक गरेको छ । राष्ट्रिय भावनालाई थप जागृत गराउन विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक राष्ट्रिय झण्डालाई केन्द्रविन्दुमा राखेर दिवस मनाउन लागेको प्रवक्ता सुवेदीले बताए ।

वैज्ञानिक र वैदिक विशेषतासहित यसको मापदण्ड इञ्जिनियर तथा वास्तुविद् शङ्करनाथ रिमालले तयार गर्नुभएको झण्डाले नेपालको संविधान २०१९ देखि मुलुकमा प्रवेश पाएको हो । नेपालको संविधानको धारा ८ मा उल्लेख भएबमोजिम सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।

कुनै पनि औपचारिक कार्यक्रमहरु सञ्चालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, (प्रथम संशोधनसमेत) २०६९ मा व्यवस्था छ । सोही कार्यविधिअनुसार संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको लम्बाइ आठ र चौडाइ छ फिटको हुनुपर्ने प्रावधान छ ।

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका सङ्घ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार लम्बाइ छ र चौडाई चार फिट हुनुपर्ने गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी सङ्घसंस्था तथा नेपाली नागरिकले व्यक्तिगतरूपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार लम्बाइ चार र चौडाइ तीन फिट हुनु पर्नेछ ।

व्यक्तिगतरूपमा नागरिकले घरघरमा उक्त आकारको झण्डा फहराउन सक्नेछन् । संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार लम्बाइ ३० र चौडाइ २० सेन्टिमिटर तथा नेपाली नागरिकले राष्ट्रिय उत्सव र महोत्सवहरुमा लम्बाइ ३० र चौडाइ २० सेन्टिमिटर आकारको झण्डा हातहातमा लिएर हिँड्न सक्ने प्रवक्ता सुवेदीले जानकारी दिए ।

राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिएबमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको लम्बाइ तीन र चौडाइ २.५ फिटको हुनुपर्ने छ । यस्तै नागरिकले राष्ट्रिय झण्डा अङ्कित टिसर्टको समेत प्रयोग गर्न सक्नेछन् । गृह मन्त्रालयले प्रयोग गर्ने टिसर्टको नमूनासमेत सार्वजनिक गरेको छ ।

सेतो टिसर्टमा छातीमा पर्नेगरी राष्ट्रिय झण्डा राखेर लगाउन पाइने छ । गृह प्रवक्ता सुवेदीले मुटुको अगाडि पछाडि पर्नेगरी टिसर्ट लगाउन सकिने जानकारी दिए । दिवसका दिन असोज ३ मा आ–आफ्नो ठाउँमा हुने कार्यक्रममा उपस्थित भई झण्डा बोकेर ¥यालीमा सहभागी हुन सबैलाई सरकारले आह्वान गरेको छ ।

स्थानीय तहमा समेत राष्ट्रिय झण्डा प्रदर्शन गर्न लगाउने, संविधान जारी भएको दिनमा वस्तु वा सेवामा विशेष छुट गर्न आग्रह गर्ने, स्कूल तथा कलेजमा राष्ट्रिय झण्डा तथा राष्ट्रभक्तिको विषयमा कविता, वक्तृत्वकला हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्न, सार्वजनिक चोकमा राष्ट्रिय गान तथा राष्ट्रभक्तिका गीत, कन्सर्ट आयोजना गरी महोत्सव गर्ने व्यवस्था मिलाउन मूल समारोह समितिले आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ३८ सदस्यीय मूल समारोह समिति गठन भई दिवसको तयारी तीव्र्र पारिएको छ ।

कार्यक्रम सम्पन्न गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन समिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चौर, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

दिवसको अवसरमा असोजको २ देखि ४ गतेसम्म कार्यक्रमसहित दिवापली गरिने र मुख्य दिन असोज ३ गते भने सैनिकमञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिने छ । विसं २०७२ असोज ३ गते नयाँ संविधान जारी भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x