×

NMB BANK
NIC ASIA

बन्ने भयो संसदको आफ्नै भवन, प्रधानमन्त्रीले गरे शिलान्यास

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का लागि आफ्नै भवन बन्ने भएको छ । आफ्नै भवन नहुँदा २०६५ सालदेखि संसद बैठक भाडाको भवनमा चल्दै आएको छ । 

Muktinath Bank

शहरी विकास मन्त्रालयले सिंहदरबारको पुतली बगैचामा संसदको नयाँ भवन बनाउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार संघीय संसदको नयाँ भवनको शिलान्यास गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंहदरबार भित्रको उत्तरपूर्वी कुनामा रहेको पुतली बगैचाको १७३ रोपनी ८ आना क्षेत्रफलमा नयाँ भवन बन्न लागेको हो । नेपाली सेनाले प्रयोग गर्दै आइरहेको सो स्थान खाली गर्न नमान्दा संसद भवन बन्न ढिलाइ भएको थियो ।


Advertisment
Nabil box
Kumari

३ वर्षभित्र संसदको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । नयाँ बन्ने संसद भवनको लागत ५ अर्ब २६ करोड रहेको मन्त्रालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

नयाँ बन्ने संसद् भवन परिसरभित्र प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक कक्ष हुनेछन् । संसद भवन परिससमै संसदीय दलको कार्यालय भवन, संसदीय समितिको बैठक कक्ष लगायत भवन रहने छन् । दर्शक दीर्घा र अति विशिष्ठ व्यक्तिका लागि छुट्टै कक्षको व्यवस्था नयाँ बन्ने भवनमा बन्न लागेको छ ।

संघीय संसदको भवन नेपाली मौलिकता झल्किने वास्तुकलाले बन्नेछ । २०६४ सालसम्म संसद सचिवालय परिसरमा रहेको ग्यालरी बैठकमा संसदको बैठक बस्दै आएको थियो ।

२०६४ सालमा संविधान सभाको निर्वाचनपछि ग्यालरी बैठक साघुरो भएपछि नयाँ वानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा संसदको बैठक बस्दै आएको छ ।

२०७२ वैशाख ११ गते आएको भूकम्पका कारण ग्यालरी बैठकमा क्षति पुगेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै संसदको बैठक बस्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x