सिटी एक्सप्रेसको ‘लखपति एक्स्प्रेस–२०७६’ योजना सार्वजनिक

असोज १, २०७६

काठमाडौं–सिटी एक्सप्रेस मनी ट्रान्सफरले “लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै कम्पनीले सो योजना बुधवार घोषणा गरेको हो । 

सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले रु २०० को मोबाइल टप अप जित्न सक्नेछन् । 


ADVERTISEMENT

त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनालाई रु १ लाख  उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । 

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १० लाख जित्न सक्नेछन् । 

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । 

असोज १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस