मेरो त भाग्यै यस्तै छ...

असोज १, २०७६

चैनपुर–मेरो त भाग्यै यस्तै छ । सानैदेखि नै दुःखकै भारी बोके अहिले वृद्धा अवस्था भयो घाँसको भारी पनि छुटेन मेरो त कर्म अभागी रै’छ । छोरा सानो ९ वर्षको छ यसलाई पालन पोषण गर्न त परै जाओस् एक जोडी राम्रो कपडा र कापी कलम पनि दिन सकिन् । भगवान्ले मेरो पीडा कहिले बुझ्छ । वृद्धाभत्ता खाइसक्ने बेला भयो नागरितामा अझै वृद्धा भत्ता खान १५ वर्ष कम छ, तर मेरो उमेर ७५ वर्ष भइसक्यो । यो भनाइ हो केदारस्युँ गाउँपालिका– ६ त्याडीगाउँकी ७५ वर्षीया वृद्धा भुजीदेवी धार्मी । तस्वीर ललित सिंह,रासस


ADVERTISEMENT

असोज १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस