×

NMB BANK
NIC ASIA

हिजो दिनभर देशका मुख्य घटनाक्रम, कहाँ के भए ?

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आजदेखि मौसममा सुधार

Sagarmatha Cement
Muktinath Bank

    भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । 
    
    उक्त प्रणालीको असर गएरातिसम्म कायम कायम रहेपनि आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    सामान्यतया नेपालमा जुन १० मा मनसुन शुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो । हाल देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

    बिहीबारदेखि मौसममा सुधार हुने भए पनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Vianet communication
Laxmi Bank

    महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकामा २६.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४.० मिलिमिटर, सिमरामा १६.० मिलिमिटर, धनगढीमा २५.० मिलिमिटर जुम्लामा १.० मिलिमिटर र दिपालयमा ११.० मिलिमिटर वर्षा भएको छ । 

यस्तो बन्दै छ सङ्घीय संसद् भवन

विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ । 
सिंहदरवार परिसर पुतली बगँैचामा बन्ने उक्त भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद् आफ्नै भवनमा बस्ने भएको हो । 

विसं २०५५ बाट असार ८ गते तत्कालीन मन्त्रिपरिषद्ले भवन निर्माण गर्ने निर्णय गरेतापनि लामोसमयसम्म भवनको काम शुरु हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि दुई वर्षभित्रमा संसद् भवन बनाउने निर्णय गरेसँगै अहिलेको भवनको निर्माण शुरु गरिएको हो । 

कूल रु सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब रु नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ । भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ किसिमका संरचना तयार हुनेछन् । 

विसं २०६४ देखि संसद् भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आइरहेको छ । त्यसभन्दा अगाडि सिंहदरबारको संसद् भवन भूकम्पका कारण भत्किएको छ । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सिंहदरबारस्थित भवनमा तत्कालीन संविधानसभाका सदस्य नअटाउने भएपछि सम्मेलन केन्द्रमा बैठक बस्दै आइरहेको छ । 

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले तीन वर्षभित्रमा भवन बनाइसक्ने प्रतिबद्धता व्यक्त गरे । उक्त भवन मुलुकको सवैभन्दा ठूलो भवनको रुपमा रहने छ । शहरी विकास र भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संसद् सम्बन्धी सबै कार्य एकै थलोबाट गर्ने किसिमको भवन रहने बताए । 

भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमल कक्ष, अति विशिष्ट व्यक्तिको लागि कार्यालय भवन, पुस्तकालय र सङ्ग्राहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस÷छपाइ र पार्किङ भवन रहने छन् । 

काठमाडौँबाट नेपालगञ्ज उडेको जहाज धनगढी पुग्यो

काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।

    उनका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब बिहीबार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिए । 

    नेपालगञ्जमा बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगञ्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यता  मनास्लु क्षेत्रबाट काठमाडौँका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ । खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक अवतरण गराइएको हो । 

    हेलिकप्टरमा तीन जना यात्रु सवार रहेको गण्डकी गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए । लगातार परेको झरीका मौसम खराब भएकाले दुई दिनदेखि उक्त हेलिकप्टर सामागाउँमै रोकिएको थियो ।

    खराब मौसमका कारण बुधबार बिहान मात्र काठमाडौँका लागि उडेको हेलिकप्टर १० बजेतिर आकस्मिक अवतरण गरिएको गोरखाका प्रहरी प्रमुख प्रहरी ओम अधिकारीले जानकारी दिए । सामागाउँबाट गोरखाको केरौँजा, धादिङ हुँदै काठमाडौँका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण सिउरेनीटारतिर पुगेको प्रहरीले जनाएको छ ।

    धितोपत्र बजार

धितोपत्र बजारमा मङ्गलबार झण्डै २७ अङ्कले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि सोही लयमा अगाडि बढेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कारोवार मापक नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.६४ प्रतिशत अर्थात् ४.१३ अङ्कले वृद्धि भई २५५.७० मा पुगेको छ । 

    बुधबार कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ समूहकै शेयर बुधबार उकालो लागेको छ । बैंकिङ १८.७, होटल ६९.४८, विकास बैंक १०.२६, जलविद्युत् ११.४९, वित्त २.२३, निर्जीवन बीमा १४३.०८, उत्पादन ७३.८४, अन्य १२.५९, लघुवित्त ३२.५१, जीवन बीमा १७१.९, सामूहिक लगानी कोष ०.०१ अङ्कले बढेको छ । 

    कारोवार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड २४ लाख २७ हजार ७९३ मा कारोवार भयो । त्यस्तै सिद्धार्थ बैंकको शेयर रु चार करोड ४८ लाख २९ हजार ५६९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६० लाख २९ हजार ६९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड १८ लाख ३४ हजार ८१५ र सनराइज बैंक लिमिटेडको शेयर रु एक करोड ५७ लाख ७९ हजार ६३८ मा खरीद बिक्री भए ।

    नायब निरीक्षक पक्राउ

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । बुधबार अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरको हो  ।
 
थलीका स्थानीय व्यवसायीलाई बिना कारण पटक–पटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दिएका थिए । पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासत पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

तीन विधेयक पारित

राष्ट्रिय सभाको बुधबारको बैठकले तीन विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको हो । 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

निगम सुधार्न पब्लिक लिमिटेडमा लैजान सुझाव

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को समग्र व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यादल’ ले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको छ ।

पर्यटन मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी कार्यदलका संयोजक सुशील घिमिरेले निगमको तत्कालीन र दीर्घकालीन सुझावसहितको ५४ पृष्ठको प्रतिवेदन मन्त्रीसमक्ष हस्तान्तरण गरे । प्रतिवेदनमा निगम सुधारका लागि तत्कालीन गर्नुपर्ने १३ बुँदे र दीर्घकालीन कामको मूलभूत विषयलाई समेटिएको छ । प्रतिवेदनले निगम आर्थिक रुपमा धराशयी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ । 

प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनाका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महँगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवश्यक देखिएको, संस्थागत पुनर्संरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत विषय उल्लेख गरिएको छ ।

त्यस्तै गिमसँग भएका पुराना जहाजको मर्मत लगायतमा खर्च बढेको, जहाज सङ्ख्या थोरै भएको, भएका जहाज पनि अधिकांश ग्राउन्डेड हुने गरेको, निगमका ६ वटा जहाजबाट मात्रै गत आर्थिक वर्षमा रु ९१ करोड घाटा बेहोरेको उल्लेख छ ।

निगमका हाल आन्तरिक उडानमा रहेका वाई–१२ र एमए–६० जहाजले धेरै ठूलो आर्थिक भार बेहोर्नु परेकोले यसलाई परिवर्तन गर्न सुझाइएको छ । भ्रमण वर्ष अभियानलाई लक्षित गर्दै उडान व्यवस्थापनलाई प्रभावकारी बनाई हाल राम्रो व्यापार गरिरहेका गन्तव्यमा उडान भर्नका लागि थप दुई थान न्यारोबडी ए–३२० जहाज खरीद गर्न कार्यदलले सुझाएको छ । त्यस्तो जहाज खरीद प्रक्रिया सिधै जहाज निर्माता कम्पनीसँग गर्न र त्यस प्रयोजनका लागि अर्थ, पर्यटन तथा सार्वजनिक खरीद कार्यालयको प्रतिनिधिसमेत रहने गरी कार्यदल गठन गरेर जहाज खरीद गर्न भनिएको छ ।

दीर्घकालीन सुधारअन्तर्गत संस्थागत पुनर्संरचना गर्दै निगमलाई सार्वजनिक निजी साझेदारी कम्पनीका रुपमा स्थापित गर्न प्रतिवेदनले सुझाव दिएको छ ।    प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री भट्टराईले प्रतिवेदनको सुझावको अध्ययन गरी समयसीमा तोकेर योजनाबद्ध कार्यान्वयनमा ल्याइने बताए । 

कर्णाली प्रदेशद्वारा १७ लाख नागरिकको सामूहिक बीमा

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका १७ लाख ७० हजार जनताको सामूहिक विपद् दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरेको छ । प्रदेश सरकारले सम्पूर्ण कर्णालीवासी नागरिकका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँगको सम्भौतामा ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’ गरेको हो ।

    बीमा शुभारम्म कार्यक्रमको उद्घाटन बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । 

पुस्तक आयातकर्ताको माग 

 विदेशी पुस्तक आयातकर्ताहरुले पुस्तक आयातमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)प्रति आपत्ति जनाउँदै कर फिर्ता लिन पुनः अर्थमन्त्रालयसित माग गरेका छन् । 

मन्त्रालयले साउन १ गतेदेखि  आयातीत पुस्तकमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो । आयातीत पुस्तकको बिक्री मूल्यमा १० प्रतिशत कर तिनुपर्ने व्यवस्था भएपछि साउनदेखि विदेशी पुस्तक आयात बन्दसमेत गरिएको आयातकर्ताले बुधबार आयोजित कार्यक्रममा जानकारी दिए । 
 
विद्यालय, विश्वविद्यालय तहका  कतिपय अनिवार्य  तथा ऐच्छिक विषयका पाठ्यपुस्तक तथा  अनुसन्धानमा  अति आवश्यक पुस्तक आयात बन्द हुँदा विद्यार्थी तथा अनुसन्धानकर्तालाई समस्या परिरहेको बताइएको छ । 

एक किलो चियाको मूल्य ३५ हजार !

इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । 
    
    यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पु¥याइन्छ । यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गर्नसमेत गाह्रो हुन्छ । कुनै चिया यतिसम्म महङ्गो हुन्छ कि जो कोही स्वदेशी ग्राहकले किन्नसमेत सक्दैनन् । इलामको जस्बीरे टी प्रशोधन उद्योगमा बन्ने एक प्रकारको चियालाई किलोकै रु ३५ हजारसम्म पर्छ । 
    
    यो प्रकारको चियाले स्वदेशभन्दा पनि विदेशमा बढी बजार पाउने गरेको छ । “हामी कहाँ ग्लोमिन टी प्रकारको चिया चाहिँ रु ३५ हजार किलोसम्म बेच्ने गरिन्छ” उद्योगका सञ्चालक शरद सुब्बाले भने, “यो चिया विदेशमा भने हारालुस शैलीमा बिक्छ ।”

    अविरल वर्षाले नेपालगञ्ज डुबानमा

    बुधबार बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ । यहाँको न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा पानी पसेको न्यूरोडका स्थानीय व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करीब आधा दर्जन बढी पसल डुबेका छन् । पानीको सहज निकास नहुँदा घरबारी टोलका ११ वटा घर तथा पसल डुबेका छन् । सडकमा पानी जम्मा हुँदा आवतजावत गर्नसमेत समस्या भएको छ ।


निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने
    
    नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ ।
    
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले कार्यान्वयनमा ल्याएको हो । उक्त निर्णय बुधबार अर्थात् असोज १ गतेदेखि नै लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानस्वरुप निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको जनाएको छ ।
    
    निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार प्राविधिक तयारी पूरा नभएका कारण हाललाई सेल्स अफिसबाट टिकट लिने ज्येष्ठ नागरिकले मात्र उक्त सुविधा उपभोग गर्न पाउनेछन् । ज्येष्ठ नागरिक ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ । 

    संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन क्यान्सर पीडित बिरामीलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अशक्त प्रहरी कर्मचारीलाई स्कुटर  

नेपाल प्रहरीले अशक्त प्रहरी कर्मचारीलाई चारपाङ्ग्रे स्कुटर हस्तान्तरण गरेको छ । 

प्रहरी प्रधान कार्यालयमा बुधबार कार्यक्रम आयोजना गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सेवानिवृत्त भएका अशक्त प्रहरी कर्मचारीलाई चारपाङ्ग्रे स्कुटर हस्तान्तरण गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x