भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
एजेन्सी- प्रत्येक ठाउँको आ-आफ्नै संस्कृति र पहिचान हुन्छ । भारतका केहि ठाउँहरु यस्ता पनि छन् जहाँका सबै मानिसहरु कृषि पेषामा मात्र निर्भर छन् ।
भारतको महाराष्ट्रमा अहमदनगर जिल्लाको रायटे वाघापुर गाउँमा पोला तीहार मनाउने गरिन्छ । जसमा किसानहरुद्धारा आफ्ना घरमा भएका गोरु, साँढेहरुलाई पूजा गर्ने चलन छ । साँढेहरुको पूजा गरेर पक्वानहरु खुवाइन्छ । साथै उनीहरुलाई सुनका गहनाले सजाइन्छ ।
यस पूजामा घरका सदस्यहरु साँढेको पूजा गरेर सुनका गहनाहरु साँढेको टाउकोमा राखेर मन लागेको कुरा माग्ने गर्छन् । वाघापुर गाउँमा सदा झैँ यस वर्ष पनि साँढेको पूजा गरियो । बाबुराव शिन्दे नाम गरेका एक व्यक्तिकी श्रीमती पनि साँढेको पूजा गरिरहेकी थिइन् ।
यो पूजामा उनले यसवर्ष २ लाख २० हजार रुपैयाँको मंगलसुत्रले साँढेलाई सजाएकी थिइन् । उनले पूजा सकेपछि मंगलसुत्रलाई साँढेको टाउकोबाट निकालेर साँढे नजिकै थालीमा राखिन् । त्यहिबेला अचानक बत्ति गयो र उनी मैनबत्ती लिन घरभित्र पसिन् । उनी बाहिर आएर मंगलसुत्र राखेको थाली हेर्दा थाली खाली देखिन् ।
उनले डराएर आफ्ना पति बाबु रावलाई बोलाइन् । बाबुरावले आएर हेर्दा साँढेले मंगलसुत्र चपाइरहेको देखेर अचम्ममा परे । उनी आउँदासम्म साँढेले आधा मंगलसुत्र खाइसकेको थियो ।
बाँकि मंगलसुत्रको भाग पाउनको लागि श्रीमान श्रीमतीले ८ दिनसम्म साँढेको गोबरमा सुन खोज्न थाले । तर उनीहरुले केहि फेला पार्न सकेनन् ।
८ दिनसम्म निरिक्षण गर्दा पनि केहि नपाएपछि उनीहरुले साँढेलाई नै पशु डाक्टर कहाँ लिएर गए । पशु चिकित्सक डा. नेनेले साँढेको अप्रेशन गरेर मंगलसुत्र निकाले । मंगलसुत्र साँढेको अमाशयमा भएको डाक्टरले बताए ।
अपरेशन सकेपछि मंगलसुत्र बाबुरावले पनि पाए र साँढेको पनि अहिले स्वस्थ्यमा सुधार भइरहेको छ ।
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...