यो डाइनोसर हो कि माछा ? सोसल मिडियामा चर्कियो बहस

असोज २, २०७६

एजेन्सी- नर्वेमा एक १९ वर्षका युवकले समुन्द्रमा अनौठो माछा फेला पारेका छन् । माछो देखेरै कतिपय डराइरहेका छन् । भर्खरै मात्र शोसल मिडियामा यो दुर्लभ माछोको फोटो भाइरल भइरहेको छ ।

१९ वर्षका आँस्कर नाम गरेका ती व्यक्ति माछो समात्नका लागि समुन्द्रमा पसेका थिए । नार्डिक सि एंगलिग नामको कम्पनीमा गाइडको काम गर्दै आएका आँस्करको नजर यो माछोमा अचानक पर्याे । यो दुर्लभ माछोको धेरै लामो पुच्छर र ठूला आँखाले गर्दा अहिले नजिकैबाट देख्नेहरु डराउने गरेका छन् । 


ADVERTISEMENT

आँस्करले यस माछोको फोटो सामाजिक सञ्जालमा शेयर गरेपछि धेरै मानिसहरुको कमेन्ट आयो । कमेन्टमा यस दुर्लभ माछोलाई कसैले डाइनोसरको प्रजाती भनिरहेका छन् । 
आँसकर स्वयंले पनि डाइनोसर जस्तै देखिएको बताएका छन् । उनले माछा समात्नको लागि समुन्द्रमा ४ वटा बल्छी हालेका थिए । ४  वटा मध्ये एउटामा माछो बल्छीमा परेको थियो । 
एक मिडियाको रिपोर्टका अनुसार माछोको यो दुर्लभ क्याटफिस प्रजातीको माछा भएको बताइएको छ । यो धेरै जसो गहिरो पानीमा मात्र पाइन्छ । यो माछा आफ्ना ठूला आँखाका कारण गहिरो पानीमा पनि देख्ने क्षमताको हुन्छ । 

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस