बाथटबमा फोनको चार्जरका कारण करेन्ट प्रवाह भएपछि रुसी महिलाको मृत्यु

असोज २, २०७६

काठमाडौं – चार्जमा राखेको मोबाइल फोन बाथटबमा खसाएपछि एक रुसी महिलाको मृत्यु भएको छ । 

एव्गेनिया शुल्यात्येभा राजधानी मस्कोभन्दा ५०० माइल पर रहेको किरोभो–चेपेत्स्कस्थित घरको बाथटबमा मृत अवस्थामा फेला परेकी हुन् । उनकी आमा भेराले छोरीलाई कल गर्न नसकेपछि अपार्टमेन्टमा दौडिँदै आएकी थिइन् । 


ADVERTISEMENT

करेन्ट लागेपछि उनी तत्कालै बितेको अनुसन्धान अधिकारीहरूले बताए । उनको फोन हातबाट चिप्लेर पानीमा परेको थियो । 

रुसको अनुसन्धान समितिले दुर्घटनाको अनुसन्धान गरिरहेको रिपोर्टमा उल्लेख छ । 

सरकारले बारम्बार चेतावनी जारी गरेको भए पनि रुसीहरूले चार्जिङ अवस्थामा रहेको फोन लिएर बाथटबमा पस्ने गरेका छन् । यसले गर्दा मृत्यु हुने एव्गेनिया आठौं रुसी हुन् । 

उनको अन्तिम संस्कार बुधवार गरिएको छ ।

एजेन्सी 

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस