दुबई प्रहरीमा काम लगाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख असुल्ने प्रहरीको फन्दामा

असोज २, २०७६

काठमाडौँ - दुबई प्रहरीमा काम लगाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख असुल्ने पक्राउ परेका छन् ।

लाजिम्पाटस्थित शिखर मेनपावरका पब्लिक अफिसर पद्मा जोशी पक्राउ परेका हुन् ।


ADVERTISEMENT

दुबई प्रहरीमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति ६ लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको उजुरी आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बिहीबार लाजिम्पाटबाट पक्राउ गरेको हो ।

मेनपावर सञ्चालक अनुराधा प्रधान भने फरार रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरीका अनुसार आरोपितलाई ठगी मुद्दा चलाउने तयारी भइरहेको छ ।

‘शिखर मेनपावरबाट युएई प्रहरीमा गएका एक व्यक्तिले नेपाल फर्केर आफू ठगिएको उजुरी दिएपछि जोशीलाई पक्राउ गरेका हौं,’ थापाले भने, ‘फरार रहेकी प्रधानको खोजी भइरहेको छ ।'

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस