×

NMB BANK
NIC ASIA

हिजो दिनभरः जहाज होल्डबारे पर्यटनमन्त्रीको चासोसहित यस्ता छन् प्रमुख समाचार

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य

Sagarmatha Cement
Muktinath Bank

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको बिहीबारको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षे अर्थात् बजेट अधिवेशनका रुपमा वैशाख १६ गतेबाट शुरु भएको यो अधिवेशनमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भई पारित भएको थियो । यो अधिवेशन १४४ दिन कायम रहेकोमा  ६० दिनमा ६५ पटक बैठक बसी १९३ घन्टा ४० मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।


Advertisment
Nabil box
Kumari

यो अधिवेशनमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक दुई पटक बसी ४ घण्टा पाँच मिनेट समय व्यतित भएको थियो । यस अधिवेशनमा  प्रतिनिधिसभामा १७ वटा सरकारी विधेयक दर्ता भएकामा सात वटा विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेका छन् । पाँच वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन् । चार वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् । राजश्व चुहावट अनुसान्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएको छ । सभाको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका विभिन्न विधेयक मध्ये आठ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने चार वटा विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको छ ।

Vianet communication
Laxmi Bank

 औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइसकिएको छ र तीन वटा विधेयक सभामा प्रस्तुत हन बाँकी रहेको छ । राहदानी विधेयक, सङ्घीय संसद्को दुवै सदनबाट संशोधनसहित पारित भएको छ । त्यसैगरी, राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभाको दोस्रो, तेस्रो र यस अधिवेशनमा प्राप्त भएको विभिन्न सात वटा विधेयक मध्ये दुई वटा विधेयक सभाबाट पारित भइसकेको छ भने पाँच वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको छ । यसरी यस अधिवेशनमा सङ्घीय संसद्बाट कूल १८ वटा विधेयक पारित भए ।

यस्तै  सङ्घीय संसद्, राष्ट्रियसभाको चौथो अधिवेशन पनि बिहीबारदेखि अन्त्य भएको छ । 

वाणिज्यको छापामा व्यापारीको विरोध

    चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ । 

    खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले केही दिनयता कपडा व्यापारीमाथि पनि निगरानी बढाउन थालेको हो । यसैक्रममा बिहीबार विभागको टोलीले तयारी पोशाकको ‘होलसेल’ मुख्य केन्द्र रहेको न्यूरोडको रञ्जना क्षेत्रमा छापा मारेको छ । 

    अनुगमनका क्रममा मूल्य सूची नराखी तथा बिलबिजक जारी नगरी कारोबार गरेको पाइएपछि विभागको टोलीले चार वटा थोक पसलेमाथि जरिवाना गरेको छ । उनीहरुलाई प्रत्येकलाई रु ५०÷५० हजारको जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । 

    प्रहरीसहित विभागको टोली अनुगमनमा आएको थाहा पाएपछि त्यस क्षेत्रका व्यापारीले अनुगमनको चर्को विरोध गर्दै गालीगलौजमा उत्रिएका थिए । व्यापारीले उपभोक्ता ठग्न पाउनुपर्छ भन्दै अनुगमन टोलीमाथि दुव्र्यवहार गरेका थिए । उनीहरुले अनुगमन टोलीलाई अवरोध गर्ने प्रयास गरेका थिए । 

    व्यापारीको अवरोधपछि विभागको आग्रहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यस क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा सुरक्षाकर्मी पठाएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि व्यापारी पछि हटेका थिए । 

    पछिल्लो साता विभागको टोलीले बालाजु, गोङ्गबु, कलङ्की, कोटेश्वर, जावलाखेल, लगनखेल, बानेश्वरलगायतका फेन्सी पसलमा अनुगमन गरेको थियो । ती क्षेत्रका अनुगमनका क्रममा तयारी पोशाकमा उपभोक्ता चर्को ठगीमा परेको पाइएको विभागले जनाएको छ । 

जहाज होल्डबारे पर्यटनमन्त्रीको चासो 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन् । 
 अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा सुदृढीकरणको अयिभानमा जुट्नुभएका पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । 
    
    अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डिएमइ) तथा ‘भिएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज’ (भिओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ । उक्त प्राविधिक समस्याका कारण विमानस्थलमा करीब दुई घण्टासम्म जहाज अवतरण गर्न सकेका थिएनन् । मर्मतपछि अहिले नियमितरुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । 

    विमानस्थलका अनुसार भिओआर र डिएमइ उपकरण बिहीबार बिहान १०ः४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि सेवा पुनःसञ्चालन गरिएको थियो । सो समयमा विभिन्न गन्तव्यबाट आएका सात अन्तर्राष्ट्रिय जहाज अवतरणको पर्खाइमा आकासमा होल्ड भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ नेपालका तीनसहित २८ वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर एक सय  अन्तर्राष्ट्रियसहित चार सय उडान भर्दै आएका छन् ।

बहिरङ्ग सेवा निःशुल्क 

    संविधान दिवसका अवसरमा चितवनको निजी मेडिकल कलेजले पनि बिहीबार बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा बिहीबार एक दिनका लागि बहिरङ्ग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो । 

    जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरङ्गका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताए ।  सामान्यमा रु २५ र विशेषमा रु ४०० लिने गरिन्थ्यो । 

    उक्त मेडिकल कलेजमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी आउने गरेको उनले जानकारी दिए ।  यसैगरी कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत शुभप्रभात श्रेष्ठका अनुसार सामान्य र विशेष दुवै सेवा निःशुल्क गरिएको हो । दैनिक एक हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने उहाँले जानकारी दिए । 

    यता देशभरका  सरकारी अस्पताल सबैमा बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । 

खेलाडी छनोट 
    
    सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि बिहीबार नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
    
    आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो ।     
     
    नेपालले घोषणा गरेको टोलीमा अलराउन्डर कुशल मल्ल र ब्याट्सम्यान इशान पाण्डे पहिलोपटक टोलीमा परेका छन् । त्यस्तै युवा खेलाडी दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा अटाएका छैनन् ।  
    
    छनोट हुने खेलाडीमा कप्तान खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ र सन्दीप लामिछाने छन् । त्यसैगरी सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख र रोहितकुमार पौडेल छन् ।  
    
    नेपालले सिङ्गापुरमा आयोजकसँगै टेस्ट राष्ट्र जिम्बावेसँग त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ । नेपालले असोज १० गते जिम्बावेसँग खेल्नेछ भने असोज ११ गते आयोजक सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेछ ।
    
    नेपाल यो सिरिज सकिएपछि ओमान प्रस्थान गर्नेछ । यही असोज १८ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगितामा पाँच राष्ट्रबीच टी–ट्वान्टी सिरिज हुनेछ । जहाँ नेपालसहित आयोजक ओमान, आयरल्याण्ड, हङ्कङ र नेदरल्याण्ड छन् । 
    
    यसै सिरिजलाई मध्येनजर गरेर नेपालले भारतीय प्रशिक्षक बुरिटी भेन्कटरामलाई बलिङ कन्सल्टेन्ट प्रशिक्षकमा समेत नियुक्त गरेको छ । 

दुई प्रस्ताव स्वीकृत

 प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले सेफगार्ड, एन्टी– डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५ र आर्थिक कार्यविधि  तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
 
प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

    सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । उनलाई घुसबापतको रु पाँच हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको आयोगले बिहीबार जानकारी दिएको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ ।

    यस्तै नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशीलाई रु १० हजार घुससहित नियन्त्रणमा लिएको छ । 

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै 

    शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । 

    नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो । 

    बोर्डमा छलफलका क्रममा रहेका ती योजनाअनुसार ‘ग्लोबल आइएमई म्युचुअल फण्ड’ अन्तर्गत रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्री गरिने छ । त्यस्तै ‘लक्ष्मी म्युचुअल फण्ड’अन्तर्गत रु ८० करोड बराबरको आठ करोड इकाइ बिक्री गरिनेछ । 

    बोर्डले गत भदौ २३ गतेमात्रै सनराइज बैङ्कले प्रवद्र्धन गरेको ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाअन्तर्गत रु एक अर्ब बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृति दिएको छ । 

    नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन् । शेयर बजार निरन्तर ओरालो लागेका कारण अधिकांश योजनाको प्रतिइकाइ मूल्य आधारभूत मूल्यभन्दा कम रहेको छ । 

    स्टकमा सूचीकृतमध्ये नवील ब्यालेन्स फण्ड–१ को प्रतिइकाइ मूल्य रु १६.६५, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ रु १०.८५ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ को प्रतिइकाइ मूल्य २०.०९ रहेको छ । 


मौलिक संस्कृति झल्किने गरी बन्दै प्रधानमन्त्री निवास

मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ । 

    शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो । निजी आवासका लागि र सार्वजनिक प्रयोजनका लागि दुई छुट्टाछुट्टैरुपमा बन्ने भवनको कन्टेक प्रालि नक्सालले निर्माणको जिम्मा लिएको छ । भवन दुई वर्षमा सक्ने योजना छ । दुई रोपनी क्षेत्रफलमा बन्ने पहिलो भवन नौ महीनामा र दोस्रो भवन १५ महीनामा सक्ने लक्ष्य रहेको र यसका लागि झण्डै रु ४० करोड लागत लाग्ने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । 

नेप्से परिसूचक पुनःओरालो
    
    मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अङ्कले घटेर २५२ दशमलव २१ मा झरेको छ । स्टकका अनुसार बिहीबार कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भयो । 

    कारोवार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर बढेको छ । व्यापार २ दशमलव ३७ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुईले बढ्दा बैंकिङ १४ दशमलव ७९, होटल ४८ दशमलव ९३, विकास बैंक ११ दशमलव ७८, जलविद्युत् १३ दशमलव २२, वित्त शून्य दशमलव ६९, निर्जीवन बीमा १०५ दशमलव ३२, उत्पादन ४४ दशमलव १२, अन्य १८ दशमलव २४, लघुवित्त १२ दशमलव ५६, जीवन बीमा १०५ दशमलव ६ अङ्कले घटेकोे छ । 

    कारोवार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु पाँच करोड २४ लाख ६२ हजार ५७१ मा खरीद बिक्री भयो । त्यस्तै प्रभू बैंक रु दुई करोड ६७ लाख १५ हजार ७१७, सिद्धार्थ बैंक रु एक करोड ८१ लाख ८० हजार ३८५, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु एक करोड ७३ लाख ९८ हजार ९४६, नेपाल बैङ्क रु एक करोड ६५ लाख ६० हजार २०४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु एक करोड ५२ लाख ७४ हजार ६३६ मा खरीद बिक्री भए । 

    दुई सय ८२ को कैद मिनाहा

    सरकारले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका २८२ को कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कैद भुक्तान गरिरहेका भीमबहादुर शेर्पालगायत कैदीको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद तथा सजाय माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । 
 
अधिकारी सहायक रथीमा बढुवा

    सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । उनी तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका थिए ।  

    सहायक रथीको विशेष पद (चार वर्षका लागि) सिर्जना गरी अधिकारीलाई पदोन्नति गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । 

विकासको गति निकै सुस्त  

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमत भए पनि डेढ वर्षको कार्य मूल्याङ्कनबाट सरकार असफल भएको आरोप लगाएका छन् । 
 सङ्घीय संसद्को चौथो अधिवेशन समापनका अवसरमा प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले मुलुक र जनताको हितमा काम गर्नुपर्नेमा सरकार अधिकारको दुरुपयोग गर्नेतर्फ उद्दत भएको टिप्पणी गरे । 
सभापति देउवाले भने, “जनतामा असन्तुष्टि बढ्नुमा अलोकतान्त्रिक विधेयकको भूमिका छ, संविधानको मर्म र भावना तथा शक्तिपृथकीकरणको सिद्धान्त विपरीत सरकार एकपछि अर्काे गर्दै संवैधानिक अङ्गका रुपमा रहेका न्यायपालिका र मानवअधिकार आयोगमाथि हस्तक्षेप गरेको छ ।” मुलुकमा सुशासन प्रदान गर्ने र विकासका आयोजनालाई अघि बढाउने सिलसिलामा सरकारको गति निकै सुस्त देखिएको बताउँदै उनले भ्रष्टाचारका घटना डेढ वर्षको अवधिमा वृद्धि भएको बताए । 
संविधानले प्रदान गरेको मौलिक हकलाई कुण्ठित गर्ने, राजनीतिक आस्थाका आधारमा पत्रकार र कर्मचारीलाई सरकारले हटाउने काम गरेको बताउँदै संसदीय दलका नेता देउवाले संविधानलाई सर्वस्वीकार्य हुने गरी कार्यान्वयन गर्न, वैदेशिक नीतिलाई सन्तुलित राख्न र शान्ति सुरक्षा कायम गर्ने सवालमा सरकार कमजोर देखिएको धारणा व्यक्त गरे । 
 सभापति देउवाले लोकतन्त्रले शान्तिपूर्ण आमसभा गर्ने, विचार राख्ने अधिकार प्रदान गरेको भए पनि काङ्ग्रेसको जगरण कार्यक्रममा सत्ता पक्षकै कार्यकर्ताबाट नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण भएको बताए । 
प्राधिकरणको ४७ अर्ब बजेट

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका तीन विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई महत्व दिँदै आगामी आवको बजेट ल्याएको हो । प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट अनुरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि चालू आवमा रु २३ अर्ब विनियोजन गरिएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार निजगढ, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि विशेष बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । प्राधिकरणले चालू आवका लागि आठ अर्ब ३३ करोड १३ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । जसमा आन्तरिक स्रोतबाट २९ अर्ब र सरकारबाट ऋण सहयोग रु १७ अर्ब प्राप्त गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । चालू आवमा  ३४ अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य लिएको प्राधिकरणले चालू खर्चका लागि रु चार अर्ब छुट्टयाइएको छ । 


फिफा वरियतामा नेपालको सुधार 
    
 विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ ।
    
    फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ  स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो ।
     
    दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ । 

    त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ । श्रीलङ्का २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ । 

    त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x