सहयोगी हात्ती, जसले नदीमा डुब्न लागेको मानिसलाई उद्दार गर्यो (भिडियो)

असोज ९, २०७६

काठमाडौं–हात्ती सबैभन्दा शान्त जनावरको रुपमा चिनिन्छ । यद्यपी रिसाएको समयमा भने यसले केही पनि देख्दैन, विध्वंश मच्चाउँछ । यसका साथै हात्ती अत्यन्तै सहयोगी पनि हुन्छ । 

यहाँ एक भिडियो देखाइएको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा हात्तीको बच्चाले नदीमा एक मानिस डुब्न लागेको देख्छ । जसलाई बचाउनका लागि उ नदीमा जान्छ र सो मानिसलाई उतारेर किनारामा ल्याउँछ ।


ADVERTISEMENT

यस भिडियो एक ट्वीटर प्रयोगकर्ताले शेयर गरेका हुन् । स्टेन्स ग्राउन्डेड नामक ट्वीटर प्रयोगकर्ताले यो भिडियो शेयर गर्दै लेखेका छन्, 'मेरो मन रोइरहेको छ । हात्तीको बच्चाले मानिसलाईै नदीमा डुबीरहेको देख्छ । र उसलाई बचाउनका लागि नदीमा जान्छ । हामी वास्तवमै उसको लायक छैनौं ।'

भिडियोमा हात्तीका एक समुह नदीको किनारातिर देखिन्छ । त्यसैबेला नदीमा एक मानिस डुब्न लागेको देखिन्छ । हात्तीको बच्चाले मानिस डुबिरहेको र उसलाई सहयोग गर्नुपर्ने सोच्छ । उ नदीमा जान्छ र मानिसलाई किनारामा ल्याउँछ । सो मानिसले हात्तीको बच्चालाई धन्यवाद भनेको छ ।

हेर्नुहोस् भिडियो

असोज ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस