×

NMB BANK
NIC ASIA

असोज १० गतेदेखि नयाँ नोट, केरमेट नगर्न राष्ट्र बैंकको आग्रह

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैंको अवसरमा बढी हुने गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैँ पर्वमा खासगरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमा समेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साटन पाइने उल्लेख छ । बैंकले रु पाँच, दश, २०, ५० र १०० दरका एक/एक पकेट गरी प्रति व्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ । 

Vianet communication
Laxmi Bank

सो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ । यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले सूचनामार्फत जानकारी दिएको छ । 

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए। 

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ । 

नोटमा केरमेट नगर्न आग्रह

केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ । टीका लगाई दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैलाई आग्रह गरेको छ । 

त्यस्ता नोट चलनचल्तीमा आउन नसक्ने भएकाले नयाँ वा सुकिलो नोटको सुरक्षा गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले अनुरोध गर्दै भनेको छ, “नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौँ ।” यस्तै नेपाली नोटमा कुनै पनि बहानामा रङ्ग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्य गरी दुरुपयोग गर्ने, गराउने माथि प्रचलित कानूनबमोजिम कारवाही हुने भन्दै बैंकले सबैलाई त्यस्तो कार्य नगर्न नगराउनसमेत आग्रह गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x