बदला लिनका लागि विद्यालयमा ४०० जनाको हत्या गर्न चाहिन्थन् यी महिला, प्रहरीले गर्‍यो पक्राउ

असोज ९, २०७६

काठमाडौं – अमेरिकामा एक युवतीले बदला लिनका लागि ४०० जनाको हत्या गर्न लागेको सुइँको पाएपछि प्रहरीले पक्राउ गरेको छ । 

ओक्लाहोमामा उक्त युवतीले आफूलाई विद्यालयबाट निकालिएपछि त्यहाँका मानिसमाथि गोली हानेर हत्या गर्ने भनी साथीहरूलाई सुनाएकी थिइन् । त्यो सुनेर डराएका साथीहरूले प्रहरीलाई खबर गरे । 


ADVERTISEMENT

प्रहरीले अदालतसमक्ष पेश गरेको दस्तावेजअनुसार, एलेक्सिन विल्सनलाई स्थानीय कारागारमा राखिएको छ । पिट्सबर्ग काउन्टी शेरिफ कार्यालयको रिपोर्टअनुसार, आरोपित युवतीले सोमवार एक पिज्जा रेस्टुराँमा आफ्ना दुई

सहकर्मीलाई अर्धस्वचालित एके–४७ राइफल किनेको बताइन् । सहकर्मीहरूले विल्सन राइफल सहितको हतियारका साथ देखिएको प्रहरीलाई खबर गरे । 

म्याकएलेस्टरमा रहेको पुरानो विद्यालयका मानिसमाथि गोली चलाउन चाहेको उनले बताइन् । त्यसपछि अधिकारीहरूले विल्सनलाई उनकै घरनजिक पक्राउ गरे ।

अधिकारीहरूले विल्सनको कोठाबाट राइफलसँगै ६ वटा म्यागजिन र अन्य किसिमका हतियार पनि बरामद गरे । स्थानीय खबरअनुसार, विल्सनलाई स्कूलमा चक्कु लिएर आएपछि निकालिएको थियो । दोषी प्रमाणित भएमा विल्सनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्छ । 

एजेन्सी
 

असोज ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस