हेलिकप्टरमा झुण्डिएको ठूलो आराले काटियो रुखका हाँगा (भिडियो)

असोज ३, २०७६

काठमाडौं – हेलिकप्टरमा ठूलो आरा जोडेर जंगलका रुखको हाँगा काटेको एउटा भिडियो सार्वजनिक भएको छ । 

अविश्वसनीय फूटेजमा २० फीट लामो आरा हेलिकप्टरको पिँधमा जोडेर रुखको हाँगा छिमलेको देखिन्छ । 


ADVERTISEMENT

हेलिकप्टर चालकले अगाडि र पछाडि उडाउँदै विशाल आराले हाँगा काटेका थिए । 

उक्त आरा बिजुलीका तार नजिकै भएकाले पनि चालकले त्यसको व्यवस्थापन निकै कुशलतापूर्वक गरेका थिए । 

भिडियो ट्विटर प्रयोगकर्ता तारिक रौफले पोस्ट गरेका हुन् । 

भिडियोमा ५० लाखभन्दा बढी भ्युज आइसकेका छन् । 

खासमा हवाई आराहरू बिजुलीको तारसँग जोल्ठिन आउने र आगलागीको सम्भावना हुने हाँगाबिँगा छिमल्नका लागि नै प्रयोग गरिन्छन् । 

एक हप्ता यस्तो आरा प्रयोग गर्दा बिजुलीको लाइनसँग जोडिएका २० माइल जतिको हाँगाबिँगा काट्न मिल्ने अनुमान गरिएको छ ।

एजेन्सी

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस