×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री शाही भन्छन्– भाग्यरेखा कोरिएको दिन’ संविधान दिवस

असोज ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवस ‘जनताको भाग्यरेखा कोरिएको दिन’ भएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित चौथो संविधान संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहीले नेपाली जनताको बलिदान र त्यागले प्राप्त भएको संविधानको कार्यान्वयनबाट मात्र जनताको कोरिएको भाग्यरेखा सुनिश्चित हुने बताए । यस प्रदेशमा जनचाहना अनुरूपको समृद्धि र विकास गर्न प्रदेश सरकार कटिबद्ध भएर लागेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“संविधानप्रदत्त अधिकारबमोजिम समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागि परेको छ”, मुख्यमन्त्री शाहीले भने, “सरकार बनेको डेढ वर्षको अवधिमा अत्यावश्यक कानून तर्जुमा, प्रदेश सरकारको सङ्गठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, योजना आयोगको गठन गरेका छौँ ।”


Advertisment
Nabil box
Kumari

आपतकालीन उद्धार तथा राहत वितरण, सबै नागरिकको विपद् दुर्घटना बीमालगायतका कामहरुमा सरकार अघि बढेको उनको भनाइ थियो ।  

Vianet communication
Laxmi Bank

प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि छोटो अवधिमै कर्णाली प्रदेश सरकार विकास र समृद्धिको जग निर्माण गर्न सफल भएको मुख्यमन्त्री शाहीले उल्लेख गरे । सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनको दिशामा अघि बढ्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता रहेको उनको जिकिर थियो । 

संविधान कार्यान्वयन प्रक्रियालाई केही प्रतिगामी शक्तिहरुले अवरोध गर्न खोजेको आरोप लगाउँदै मुख्यमन्त्री शाहीले परिवर्तनको प्रवाहलाई कसैले पनि रोक्न नसक्ने दाबी गरे । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनताको संविधान निर्माण हुनु शहीदहरुको बलिदानी नै मुख्य कारण भएको उनको भनाइ थियो । 

मुख्यमन्त्री शाहीले तीव्र गतिमा आर्थिक, सामाजिक तथा भौतिक विकास गर्दै सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणका लागि सबै नागरिकमा दिवसले प्रेरणा पैदा गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

दिवसमा वीरेन्द्रनगर सुर्खेतको मङ्गलगढी चोकबाट प्रभातफेरी कार्यक्रम शुरू भएको थियो ।

प्रदेश सरकारका मन्त्रीहरु, प्रतिपक्षी दलका नेता, संघीय संसद्, प्रदेशसभा तथा योजना आयोगका पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत आम नागरिक सहभागी भएको उक्त कार्यक्रम बालबालिकाहरुको टप्पा नाच, राउटेहरुको नृत्य, नेपाली सेनाका जवानहरुको थारु नृत्य, तेक्वान्दो खेल प्रदर्शनसहित सम्पन्न गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x