कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं– गर्भावस्थामा रहँदा महिलाले आफ्नो तथा शिशुको स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने हुन्छ ।
गर्भमा रहेको बच्चाको सहि विकासका लागि महिलाले खानपानमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । गर्भावस्थामा जंक फुड्स, स्पाइसी आइटम्स आफ्नो तथा गर्भमा रहेको शिशु दुवैको स्वास्थ्यमा हानीकारक हुन्छ ।
यहाँ गर्भावस्थामा रहँदा महिलाले खानुपर्ने विशेष खानेकुराहरुबारे जानकारी दिइएको छ ।
गर्भमा रहेको शिशुका लागि अत्यन्तै आवश्यक हुन्छ यी खानेकुरा
पालक– हरिया सागपात सबैका लागि लाभदायक हुन्छ, अझै बढी गर्भावस्थामा रहेका महिलाको लागि । पालकमा फोलीक एसिड र फोलेट अधिक मात्रामा हुन्छ । साथै यसमा भिटामिन, मिनरल तथा क्याल्शियम समेत हुन्छ । जसले प्री–टर्म लेवरबाट बचाउँछ ।
दुधजन्य उत्पादन–गर्भावस्थाको समयमा बच्चाको विकासका लागि क्याल्सियमको अधिक आवश्यकता पर्दछ । यसका लागि दुधसँगै पनीर, दही, चीज लगायतको सेवन गर्नु लाभदायक हुन्छ ।
फाइबरयुक्त खाना–मल्टीग्रेन आटा, ओटमील, ब्राउन राइसमा फाइबर तथा अन्य पोषक तत्व अत्याधिक हुन्छ । यसकारण गर्भावस्थामा महिलाले भोजनमा यसको सेवन गर्नु निकै लाभदायक हुन्छ । यस्ता खानेकुराहरुमा फोलिक एसिड तथा भिटामिन बी, ज्रिक तथा आयन पनि प्रशस्त मात्रामा हुन्छ ।
दाल– राजमा, केराउ, चना, मसुरोको दालको सेवनले गर्भमा रहेको बच्चा स्वस्थ हुन्छ । यस्ता दालमा प्रोटिन, फाइबर, आयन, फोलेट, क्याल्सियम, जिंक लगायतका तत्वहरु हुन्छन् । जुन गर्भावस्थामा निकै नै आवश्यक हुन्छ ।
मेवा–स्वस्थ फ्याटका लाथि गर्भावस्थामा मेवा सेवन गर्नु लाभदायक मानिन्छ । यसमा हुने फ्याटले गर्भमा रहेको बच्चाको मस्तिस्कको विकासमा सहयोग गर्दछ ।
पानी– पानीको सेवनले शरिरभित्रको विकार पदार्थलाई बाहिर ल्याउन द्दत गर्छ । साथै गर्भाअवस्थामा हुने विभिन्न इन्फेक्सनबाट समेत बचाउँछ । यस बाहेक नरिवल पानी वा सुन्तलाको जुसको सेवनले शरिरमा पानीको अभाव हुन दिँदैन ।
रंगी–चङ्गी फलफूल–खाना बाहेक स्वस्थ स्वास्थ्यका लागि मौसमी फलको पनि आवश्यक पर्छ । यस्ता फलफूलहरुमा भिटामिन, एन्टी–अक्सीडेन्ट्स अत्याधिक हुन्छ । हरियो, पहेंलो, रातो लगायतका विभिन्न रंगहरुको फलफूलको नियमित सेवनले गर्भावस्थामा छालालाई सुन्दर बनाइराख्छ । भिटामिन सी युक्त अमिलो, आँप लगायतका फलहरु पनि सेवन गर्नु लाभदायक हुन्छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...