सुशान्त र ज्याकलीन स्टारर चलचित्र ड्राइभ नेटफ्लिक्समा

असोज ४, २०७६

काठमाडौं–बलिउड अभिनेता सुशान्त सिंह राजपूत र ज्याकलीन फर्नाडिस स्टारर बहुप्रतिक्षित चलचित्र ड्राइभ चलचित्र हलमा नआउने भएको छ ।

यस चलचित्र भिडियो स्ट्रीमिङ एप्लीकेसन नेटफ्लिकसमा आउने बताइएको छ । तरुण मनसुखानीको निर्देशन रहेको यस चलचित्र नेटफ्लिक्सका प्रदर्शन हुने पहिलो चलचित्र हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।


ADVERTISEMENT

चलचित्रमा सुशान्त–ज्याकलीनका साथै बोमन ईरानी, पंकज त्रिपाठी, विभा छिवर, सपना पब्बी र विक्रमजीत मुख्य भूमिकामा रहेका छन् ।

करण जौहरले शनिवार ट्वीटरमा एक ट्वीट गर्दै भनेका छन्, ‘ड्राइभमा हामीले अर्को गियर लगाएका छौं, छिट्टै नै नेटफ्लिक्स स्क्रीनमा सार्वजनिक गर्नेछौं ।’

 

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस