मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

असोज ४, २०७६

राँझा – नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट शनिवार १ पैदलयात्रीको मृत्यु भएको छ । 

सुर्खेत रोडमा शिक्षण अस्पताल अगाडि मोटरसाइकलले ठक्करबाट दाङको गढवा–७ का २२ वर्षीया सीता चौधरीको मृत्यु भएको हो ।


ADVERTISEMENT

उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव निरीक्षक भीम वलीले जानकारी दिए ।

मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको छ । 

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस