×

NMB BANK
NIC ASIA

नेपाली युवा र राजदूतबीच भेटवार्ता

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बङ्लादेश (ढाका)–बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ ।

Muktinath Bank

ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा भाग लिन ढाका आएको सो युवाहरुको टोलीले शनिबार राजदूतसँग भेटवार्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटका क्रममा राजदूत डा मिश्रले दुवै देशको सरकार र जनताबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने र नेपाल र बङ्गलादेशबीच हुने यातायात सेवालाई अझै सहज बनाउन पहल गर्ने बताए। सो अवसरमा ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्यालले नेपाल र बङ्गलादेशबीचको युवाहरुको सम्बन्धलाई अझै बलियो बनाउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे।


Advertisment
Nabil box
Kumari

नेपाल बार एशोसिएसनका पूर्वकोषाध्यक्ष मोहन इङनाम, दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान) की महासचिव विन्दु परियार, कर्णाली टेलिभिजनका अध्यक्ष डम्बर शाहु, देशान्तर साप्ताहिकका सम्पादक विष्णुप्रसाद देवकोटा र त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक देवीप्रसाद अधिकारीलगायतको टोलीले भेटवार्ता गरेको हो । त्यसैगरी सो टोलीले बङ्गलादेशका पूर्वगृह तथा वाणिज्यमन्त्री अल्टाफ हुसेन चौधरीलाई भेट गरेको थियो ।

Vianet communication
Laxmi Bank

ग्लोबल ल थिङकर सोसाइटीले युवाको क्षेत्रमा क्रियाशील विभिन्न देशका व्यक्तिलाई यही असोज २ गते बिहीबार ढाकामा ‘साउथ एशियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरेको छ । नेपालको तर्फबाट अधिवक्ता मोहन इङनाम, (एड्वान) की महासचिव विन्दु परियार, पत्रकार डम्बर शाहु, विष्णुप्रसाद देवकोटा र सुशील दर्नाल,  उपप्रध्यापक देवीप्रसाद अधिकारी, अधिकारकर्मी नगेन्द्रप्रसाद भट्ट र बालअधिकारकर्मी दुर्गादेवी मैनालीले सो अवार्ड प्राप्त गरेका थिए ।

त्यसैगरी सविन लामिछाने, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, दृष्टिविहीन अधिकारकर्मी नीरबहादुर श्रेष्ठ, महिला अधिकारकर्मी रेनु ढुङ्गेल, पर्यटन व्यवसायी नानुकाजी अर्याल, उद्यमी अनुप सुनुवार र टुकी नेपालकी उपाध्यक्ष निर्मला धमलालगायत विभिन्न देशसहित ३३ युवालाई सो अवार्ड प्रदान गरिएको हो ।

त्यसैगरी ग्लोबल ल थिङकर सोसाइटीले ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्याललाई ग्लोबल चेन्स मेकर अवार्ड प्रदान गरेको छ । क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सो दुईदिने सम्मेलनले युवाको क्षेत्रमा अझै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x