दशैंका लागि खुल्यो अग्रिम टिकट बूकिङ, काउन्टरहरूमा भीडभाड

फाइल फोटो
असोज ५, २०७६

काठमाडौं– दशैंका लागि घर फर्किन बसहरूको अग्रिम टिकट खुला भएको छ ।

यातायात व्यवस्था विभागमा एक साताअघि यातायात व्यवसायी र ट्राफिक प्रहरी समेतको सहभागितामा बसेको बैठकले आजबाट अग्रिम टिकट बूकिङ खुलाउने निर्णय गरेको थियो ।


ADVERTISEMENT

यात्रुहरूको सहजताका लागि १४ स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको विभागले जनाएको छ ।

टिकट काउन्टरहरूमा बिहानैदेखि भीड लागेको छ । गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, लगनखेल लगायतका स्थानबाट टिकट बूकिङ गर्नसकिन्छ ।

दशैंमा लाखौंको संख्यामा यात्रु राजधानीबाट बाहिरिने गर्छन् । पछि टिकट पाउन गाह्रो हुने भएकाले पहिलो दिन नै काउन्टरमा भीड लागेको हो ।

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस