सुनचाँदीको भाउ बढ्यो

असोज ५, २०७६

काठमाडौं– साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । 

आइतवार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । 


ADVERTISEMENT

त्यस्तै आइतवार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको  छ । 

आइतवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

आइतवार चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार