×

NMB BANK
NIC ASIA

मेस्सीमा पूरै निर्भर बार्सिलोना, कसरी जित्ला लिगा ?

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – शनिवार राति ला लिगाको यस सीजनमा लियोनेल मेस्सीले पहिलोपटक खेलेका थिए । तर उनको उपस्थितिले बार्सिलोनाको परिणामलाई खासै फरक पारेन । बार्साको यस टोलीमा समस्यै समस्या छन् जसलाई मेस्सी एक्लैले समाधान गर्न सक्दैनन् । 

Muktinath Bank

ग्रानाडासँग २–० को लज्जास्पद पराजय कुनै आश्चर्यको विषय नबन्नुले नै बार्सिलोनाको स्तरमा समस्या आएको देखाउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्रानाडाले बार्सालाई सन् २०१४ पछि हराउनै सकेको थिएन । तर च्याम्पियन्स लीगमा बोरुसिया डर्टमन्डसँग बराबरी खेलेर स्पेन आएको बार्सामा पहिलेको जस्तो धार नै देखिएन । 


Advertisment
Nabil box
Kumari

केही समयदेखि बार्सिलोना झूर फर्ममा छ र प्रशिक्षक अर्नेस्टो भाल्भेर्देले पनि यसलाई स्वीकार गरिसकेका छन् । 

Vianet communication
Laxmi Bank

‘हामीहरू गृहमैदान बाहिर खेल्दा प्रभावकारिता र पोजेजनमा कमी आइरहेको छ,’ उनले शुक्रवार भनेका थिए, ‘यसले हामीलाई घाटा लगाएको छ र बाहिर खेल्दा हामीले चाहेमुताबिकको परिणाम आइरहेको छैन । हामीहरू गृहमैदानमा गरेको राम्रो काम बाहिर गएपछि बिर्सन्छौं । यसलाई हामी परिवर्तन गर्न चाहन्छौं । हामीहरू अझ सबल र निर्णायक हुनुपर्छ ।’

तर हिजो ग्रानाडामा बार्साका खेलाडी सबल पनि थिएनन्, निर्णायक पनि देखिएनन् । ग्रानाडा यस जीतसँगै शीर्ष स्थानमा उक्लेको छ र त्यसका लागि ऊ हकदार पनि हो । मेस्सी अझै पूर्णतया निको भइसकेका छैनन् त्यसैले बेन्चबाट पछि आएर मात्र खेले । 

यसको परिणामस्वरूप बार्साले पहिलो हाफमा कसरी आक्रमणको तानाबाना बुन्ने भन्ने कुरा नै बुझ्न सकेन यद्यपि लुइस सुआरेज र एन्टोइन ग्रीजम्यान पिचमा थिए । 

अनि डिफेन्समा त बार्सा झनै खत्तम थियो र त्यसमा पनि कुनै आश्चर्य मान्नुपर्दैन । 

बार्साले यस सीजनमा गोल नखाएको भनेको मंगलवार डोर्टमन्डसँगको खेलमा मात्र हो । 

ला लिगामा यस सीजनको पाँच खेलमा बार्सिलोनाले नौ गोल खाइसकेको छ । क्लबले ग्रीजम्यानमाथि १२० मिलियन युरो खर्च गर्नुको साटो विश्वस्तरीय डिफेन्डरहरूलाई ट्रान्सफर विन्डोमा किन्नुपर्थ्यो । ग्रीजम्यान अझै पनि बार्सिलोनामा भिजिसकेका छैनन् र उनले गृहमैदान बाहिर एउटा शट पनि टार्गेटमा हानेका छैनन् । 

बार्साले जुनियर फिर्पोका रूपमा लेफ्टब्याक ल्याएको त हो तर उनको अक्षम्य गल्तीका कारण रामोन अजीजले खेल शुरू भएको दुई मिनेट पनि नबित्दै गोल गरिदिए । 

मेस्सी र अन्सु फातीलाई फिर्पो र कार्लेस पेरेजका स्थानमा ल्याइयो तर बार्साले कुनै पनि समयमा बराबरी गर्ला जस्तो पनि देखिएन । खेलभरि उसले टार्गेटमा जम्मा एक शट प्रहार गर्‍यो । 

ग्रानाडाले भने खेलको अन्त्यसम्म आक्रमण गरिरह्यो तर दोस्रो हाफमा बार्सिलोनाले नै उसलाई गोलको उपहार दियो । आर्टुरो भिडालले डी एरियामा हातले बल छेके । 

अनि आल्भारो भादिल्लोले सजिलैसँग पेनाल्टीमा गोल गरे । खेल सकिन २४ मिनट बाँकी भए पनि २–० को लीडलाई उल्ट्याउन बार्सिलोनालाई गाह्रै पर्ने थियो किनकि मिडफील्ड र अट्याक दुवैमा ठूलो असन्तुलन छ र डिफेन्स त अति नै कमजोर छ । 

मेस्सीले उद्धार गर्देलान् कि भनी बार्साका अन्य खेलाडीले आशा गरेका थिए । हुन पनि उनले पहिले पहिले टीमलाई अप्ठ्यारो परेको बेलामा उद्धार गरिदिन्थे । तर उनी पूर्णरूपमा निको नभइसकेकाले खासै केही गर्न सकेनन् । 

बार्सिलोनाले गृहमैदानबाहिर खेल्न बिर्सेको पक्का हो । तर उसले त डिफेन्ड गर्न पनि बिर्सिसकेको छ । 

बार्सिलोना आफ्नो कप्तानप्रति कति निर्भर छ भन्ने कुरा मात्र यो खेलले प्रमाणित गरिदियो । 

गोल डट्कममा प्रकाशित मार्क डोयलको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x