कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
काठमाडौं – विशाल दत्त भट्ट द्वारा लिखित आख्यान पुस्तक "मेटाफर" शनिवार नेपाल ल क्याम्पसको सभा हलमा सार्वजनिक गरिएको छ । पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो ।
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथिमा नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद 'शेरबहादुर तामाङ', विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य 'गुरुराज घिमिरे', अतिथिका रुपमा पप तथा लोक गायक 'मिस्टर आरजे' र वक्तामा 'डाक्टर बेन्जु शर्मा', 'डाक्टर गोपिन्द्र पौडेल', साहित्यकार 'ईन्द्र कुमार श्रेष्ठ' तथा 'अस्विनी कोइराला' उपस्थित थिए ।
उपस्थित वक्ता र अतिथिले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । सांसद तामाङले पुस्तकका बारेमा बोल्दै नयाँ पुस्ताको साहित्यप्रतिको मोहलाई हौसला दिँदै जाँदा समृद्ध नेपालको प्रयासमा होस्टेमा हैसेँ हुने मत प्रकट गरे भने काङ्ग्रेस नेता घिमिरेले नेपाली साहित्यको सहि ढङ्गले विकास भएमा नेपाली समाजको पुनर्जागरण टाढा नरहेको मत प्रकट गरे । दुबै अतिथिद्वयका मतमा तात्विक भिन्नता रहेपनी सैद्धान्तिक पाटो भने एउटै रहेको छ ।
वक्ताहरुले भने पुस्तक र लेखकका बारेमा समिक्षा गर्दै लेखकलाई थप हौसला प्रदान गरेका छन् । कलिलो उमेरका लेखक विशाल दत्त भट्टलाई आगामी दिनहरुमा अझै लेख्न र साहित्यमा लागिरहन अभिप्रेरित समेत गरेका छन् ।
पुस्तकभित्र विभिन्न परिवेशका १५ वटा कथाहरू छन् । कथाले नेपालको सुदुर पश्चिम हुँदै अन्य भेगलाई सुक्ष्म ढङ्गले चित्रण गरेको छ । पुस्तक पढ्दै जाँदा अहिलेको युवाका समस्या र मनोविज्ञान थाहा पाइने, नेपाली समाज, संस्कृति, राजनीतिका विकृति, विसङ्गतिको चित्र झल्झली आउने, पुँजीवादी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिले पारेको दुष्प्रभाव देख्न पाइने अनि कथा भन्ने पृथक शैली निर्माणको आदि विशेषतायुक्त यस पुस्तकले पाठकलाई सँगै हिँडाउँछन् ।
विशाल दत्त भट्टको यो पहिलो साहित्यिक पुस्तक हो । डोटी जिल्लामा जन्मिएका उनी हाल नेपाल ल क्याम्पसमा बिए.एल.एल.बि अध्ययनरत छन् ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...