इन्भेष्टमेन्ट बैंंक र इसेवाबीच अनलाईन भुक्तानी सम्झौता

असोज ५, २०७६

काठमाडौं–नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा फोन पे प्रा. लि. र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । 

सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ ।


ADVERTISEMENT

ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । 
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस