×

NMB BANK
NIC ASIA

सेनामा ४ वर्षमा ४ सय १२ लाई कारवाही, पूर्णचन्द्र आएपछि एकै वर्षमा २ सय कारवाहीमा !

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भ्रष्टाचारको आरोप पुष्टि भएपछि गत जेठ ११ गते नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्की बर्खास्तगीमा परे ।

Muktinath Bank

कालीसिद्धी गण उदयरपुरको प्रमुख रहेका बेला उनले गणको आन्तरिक हिसाबकिताब र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमको रकम हिनामिना गरेको ठहर भएपछि जनरल सैनिक अदालतले अनियमितता गरेको रकम फिर्ता गराउन र ३ महिना कैद तथा बर्खास्तगीको आदेश दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनानी कार्कीले गण र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमको ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अदालतले गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सेनाभित्रका यस्ता कुराहरू प्रायः बाहिर आउँदैनन्, त्यसैले पनि आमनागरिकमा सेनाबारे बढी चासो पाइन्छ । 

Vianet communication
Laxmi Bank

नेपाली सेनाभित्र के कस्ता भ्रष्टचार हुन्छन् ? कानूनविपरीत काम गर्नेलाई कस्तो कारवाही हुन्छ ? लगायतका प्रश्न सर्वसाधारणले गर्ने गर्छन् ।

सेनामा गल्ती गर्नेलाई कारवाही गर्ने आफ्नै विधान छ र अदालत पनि । 

सैनिक अदालतका फैसलाहरू अन्य अदालतको जस्तो धेरै चर्चामा भने आउँदैनन् ।

४ सय १२ जना कारवाहीमा

सैनिक जङ्गी अड्डाको तथ्यांक हेर्ने हो भने २०७१ साल वैशाख १ गतेदेखि २०७६ साल जेष्ठ २० गतेसम्म अर्थात् पछिल्लो ४ वर्षको अवधिमा ४ सय १२ जना कारवाहीमा परेका छन् ।

एकजना अधिकृत र  ५५ जना अन्य दर्जाका सैनिक कर्मचारी गरी ५६ जनाको घटुवा भएको जङ्गी अड्डाले जनाएको छ ।

यस्तै ६ जना सैनिक अधिकृत र ३ सय ४० जना अन्य दर्जाका सैनिक गरी ३ सय ४६ सैनिक कर्मचारीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ ।

१० जनालाई भने भविष्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरेको सेनाका साहयक रथी विज्ञानदेव पाण्डेले बताए ।

पूर्णचन्द्र आएपछि २ सय सैनिक कारवाहीमा 

वर्तमान प्रधान सेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेपछि मात्र २ सय ४ जनामाथि कारवाही भएको छ ।

गत वर्षको भदौ २४ गते पदबाहली गरेपछि गत जेठ २० गतेसम्मको तथ्यांक केलाउँदा २ सय ४ जनामाथि कारवाही भएको देखिन्छ । एकजना सैनिक अधिकृत र २८ जना अन्य दर्जाका सैनिक कर्मचारीलाई विभागीय कारवाही गरिएको छ ।

४ जना सैनिक अधिकृत र १ सय ६५ जना सैनिक कर्मचारी भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्तगीमा परेका छन्, भने ६ जना सैनिक कर्मचारी भविष्यमा अयोग्य ठहरिने गरी बर्खास्त भएको सैनिक जङ्गी अड्डाले जनाएको छ ।

कारवाहीले सैनिकमा सकरात्मक प्रभाव !

कानूनविपरीत काम गरेका सैनिक कर्मचारीहरूलाई कारवाही गर्दा नेपाली सेनामा सकरात्मक प्रभाव परेको सेना प्रवक्ता सहयक रथी विज्ञानदेव पाण्डे बताउँछन् ।

‘कारवाहीले सैनिकको मनोबललाई सकरात्मक असर पारेको देखिन्छ । पदको दुरुपयोग गरेर अतिरिक्त सुविधा लिनेहरू कारवाहिको दायरामा आउने भए,’ उनले भने, ‘संगठनात्मक सुधारमा सेनाको एउटा पद्धति छ, त्यसलाई मद्दत पुग्छ ।’

नौजवान सेनाका कर्मचारीहरूलाई यस्ता कारवाहीले मनोबल उच्च राख्न र नराम्रो काम गर्नेलाई निरुत्सान गर्न सहयोग गर्ने सहायक पाण्डेले बताए ।

‘गलत गर्नेलाई सह्यो भने अरूले पनि गलत गर्छन्, यदि गलत गर्नेलाई कारवाही गर्ने हो अरू पनि गलत गर्न डराउँछन्, त्यसकारण पनि सेनामा हुने कारवाहीले सकरात्मक प्रभाव पार्छ’, पूर्व उपरथी बलानन्द शर्मा भन्छन् । 
उनले थपे, ‘मानिस स्वभावैले अल्छी हुन्छ, त्यसकारण उसलाई जुझारू बनाउन कारवाही जरुरी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x