सिटी एक्सप्रेस, मेगा र नेशनल कमर्सियल बैंक र क्वीक पेबीच विप्रेषण कारोबार

असोज ५, २०७६

काठमाडौं–सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको नेशनल कमर्सियल बै‌ंक, क्वीक पेबीच विप्रेषण कारोबार शुरू भएको छ । 

क्वीक पेको ३ हजार ७ सय ७० एटीएमका साथै ४ सय भन्दा बढी विप्रेषण कार्यलयहरुबाट मेगा बैंकमार्फत सिटी एक्स्प्रेसको कुनै पनि ७ हजारभन्दा बढी एजेन्टहरु र मेगा बैंकको १ सय २ वटा शाखाबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।


ADVERTISEMENT

नेशनल कमर्सियल बैंकको उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन् । 

सिटी एक्सप्रेसले विप्रेषण क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७ हजारभन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेका छ ।

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार