भ्रष्टाचार र महंगीविरुद्ध तरुण दलद्वारा राजधानीमा प्रदर्शन

असोज ५, २०७६

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भ्रष्टाचार र महंगीविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।

महामन्त्री भुपेन्द्रजंग शाहीको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलादेखि प्रदर्शन शुरू भएको हो ।


ADVERTISEMENT

नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियान अन्तर्गत भ्रष्टाचार र महंगीको विरोधमा कम्युनिस्ट सरकारलाई खवरादी गर्न कार्यक्रम आयोजना गरिएको शाहीले बताए ।

सहभागीहरूले सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।

असोज ५, २०७६ मा प्रकाशित

सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस