मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडौं – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा चालकले नियन्त्रण गुमाएपछि एक बस पहाडमा ठोकिएको छ । दुर्घटनामा परी बालबालिका सहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ ।
घटना बाबुसार टप एरियामा भएको हो । त्यो क्षेत्र खैबर पख्तुनख्वा प्रान्त र गिलगिट बाल्टिस्तानको सीमामा पर्छ ।
बस रावलपिण्डीबाट स्कार्दु शहरतिर जाँदै थियो र त्यसमा ४० जना यात्रु सवार थिए । १६ जना सैनिक पनि त्यसमा रहेको दी एक्सप्रेस ट्राइब्युनले लेख्यो ।
घटनास्थलबाट २६ जनाको लाश बरामद गरिएको गिल्गित बाल्टिस्तानका मुख्यमन्त्रीका प्रवक्ता रशीद अर्शदले बताए ।
मोड काट्ने बेलामा चालकले बसबाट नियन्त्रण गुमाएका थिए र पहाडमा लगेर ठोकेका थिए । चालकले कसरी नियन्त्रण गुमाए भन्ने कुरा नखुलेको प्रहरी प्रवक्ता मोहम्मद वकीलले बताए ।
प्रहरीले उद्धार टोलीलाई घटनास्थलमा पुर्याइएको बताएको छ । लाशहरू स्कार्दु पठाउनका लागि सरकारसँग हेलिकप्टरको अनुरोध गरिएको पनि उनको भनाइ छ ।
बाबुसार पास रोड जुनदेखि अक्टोबर महिनासम्म खुला रहन्छ । बाबुसार टपमा भारी हिमवर्षा भएपछि बाटो बन्द गरिन्छ ।
इस्लामाबादबाट गिल्गिट बाल्टिस्तान पुग्ने सबभन्दा छोटो बाटो त्यही हो ।
एजेन्सी
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...