एनआईसी एसियाका ग्राहकलाई भाटभटेनीमा १५ प्रतिशत वा हजार रुपैयाँसम्म छूट

असोज ५, २०७६

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच एनआईसी एसिया बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% रकम वा अधिकतम रु. १००० सम्म छूट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले उपरोक्त छूट प्राप्त गर्न सक्नेछन् । यसका साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एसिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्नेछन् र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

सो सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गरे ।

आश्विन ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकहरूले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

मुलुकभर २९८ शाखा कार्यालय, ३५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने एनआईसी एसिया मूलुककै ठूलो शाखा सञ्जाल भएको बैंक हो । 

करीब १८ लाख ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू उत्साहप्रद छन् ।

एनआईसी एसियाले गत आवमा करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरिसकेको छ ।

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार