×

NMB BANK
NIC ASIA

कश्मीरमा राजनीतिक शून्यता आखिर कहिलेसम्म ?

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० हटाइएपछि त्यहाँका सर्वसाधारणको जीवन नराम्ररी प्रभावित छ । 

Muktinath Bank

राज्यमा सञ्चार सुविधा अहिले पनि रोकिएको छ । मानिसहरूले पसल खोल्न पाएका छैनन् । बालबालिका विद्यालय जान पाएका छैनन् अनि मानिसहरूले राम्रोसँग उपचार पनि पाएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगभग ५० दिन बितिसक्दा जम्मु कश्मीरको मूलधारका नेता नजरबन्द वा हिरासतमा छन् । अन्य ठाउँका नेताले कश्मीर जानका लागि सर्वोच्च अदालतको अनुमति लिनु परिरहेको छ । 


Advertisment
Nabil box
Kumari

पृथक्तावादी हुर्रियत कन्फरेन्सका नेता पनि नजरबन्द छन् । यी सबै कारणले गर्दा जम्मु कश्मीरमा राजनीतिक शून्यताको स्थिति छ । 

Vianet communication
Laxmi Bank

कश्मीर टाइम्सकी कार्यकारी सम्पादक अनुराधा भसीन कश्मीरमा जे भएरहेको छ, त्यो सही नभएको बताउँछिन् । त्यहाँका राजनीतिक दलको आफ्नै महत्त्व भएको उनको भनाइ छ । 

उनले भनिन्, ‘जुन तरिकाले यहाँ कदम चालिँदैछ, कुनै पनि लोकतन्त्रका लागि त्यो सही छैन । लोकतन्त्रमा शक्ति मानिसहरूसँग छ र राजनीतिक दल त्यसमा एक महत्त्वपूर्ण कडी हुन् । अहिले जम्मु कश्मीरमा राजनीतिक आवाज बन्द गरिएको छ ।’

‘सानाठूला सबै राजनीतिक दलले मूलधारको राजनीति गर्दा भारतीय संविधानप्रति बफादारिता र भारतीय हुनुमा गर्व गर्ने गरेका छन् । भारतको झण्डा अहिलेसम्म उनीहरूकै कारण फर्फराउन पाएको छ । त्यसमा सुरक्षाबलको उपस्थिति मात्र कारण हैन ।’

कश्मीरका वरिष्ठ पत्रकार ताहिर मोईनुद्दीनले त्यहाँका राजनीतिकर्मीले केन्द्र सरकार र जनताबीच पुलको काम गर्ने गरेको तर अहिले त्यसमा कमी आएको बताए । 

मोईनुद्दीनले भने, ‘कश्मीरमा जनतालाई मूलधारे राजनीतिप्रति अनेकौं गुनासो छ । तर मूलधारे नेताहरू भारत सरकार र जनताबीच मध्यवर्तीका रूपमा काम गरिरहेका थिए । मानिसहरूको गुनासो उनीहरू मूलधारका नेतासमक्ष पुर्‍याउँथे । प्रशासनसँग मिलेर नेताहरू जनतालाई राहत दिन्थे । उनीहरूको सम्पर्क दिल्लीसँग पनि हुन्थ्यो । तर यो बीचको पुल अहिले अस्तित्वमा छैन ।’

‘अहिले एकातिर उग्रवादी छन् अनि अर्कोतर्फ भारतीय सेना छ । यिनीहरू आमनेसामने हुँदा बीचमा कुनै बफर छैन । यस्तो स्थितिमा अतिवाद बढ्छ ।’

तर कश्मीरको स्थितिका विषयमा सरकारको आफ्नै तर्क छ । सरकारले कश्मीर एकदमै संवेदनशील क्षेत्र हो र विरोध प्रदर्शनमा मानिसहरूको ज्यान पनि गइरहेको छ । अहिले त हताहती भएन र सरकारसँग अर्को बाटो पनि थिएन भनिरहेको छ । 

तर अनुराधा भसीनले कुनै क्षेत्रका विषयमा अलोकप्रिय निर्णय लिँदा त्यहाँका मानिस र तमाम नेताहरूलाई बन्द गरिएको र त्यो कदम लोकतन्त्रको हितमा नरहेको बताइन् । मानिसहरूको विचार नबुझिकनै यति ठूलो फैसला कुन आधारमा लिइएको हो थाहा छैन ।

राजनीतिशास्त्री प्राध्यापक नूर अहमद बाबाले यस कदममार्फत बाहिरबाट नेताहरू ल्याएर जम्मु कश्मीरमा थोपरिने सम्भावना देखिएको बताए ।

उनले भने, ‘राज्यलाई बन्द गर्दा खतरनाक शून्यता उत्पन्न हुन्छ । एक किसिमको अराजकता आउँछ । बाहिरका मानिस ल्याएर यहाँ थोपरिने सम्भावना छ । यो पनि दमनको एक तरिका हो । यसबाट आक्रोश तथा अविश्वास उत्पन्न हुन्छ ।’

जम्मु कश्मीरका नेताको गतिविधिमा रोक लगाइएपछि भाजरतीय जनता पार्टीका नेताको राजनीतिक सक्रियता बढेको अनुराधा भसीनले बताइन् । अब एउटा पार्टीले मात्र राजनीति गर्ने स्पेस बाँकी रहेको उनको भनाइ छ ।

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x