×

NMB BANK
NIC ASIA

सूचनाको हक सम्बन्धी साताव्यापी अभियान शुरू

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा साताव्यापी नागरिक अभियान सोमवारबाट शुरू भएको छ । 

Muktinath Bank

अभियानका अवसरमा नागरिक संघसंस्था तथा सूचनाको हकका अभियन्ताले सामूहिक रुपमा देशव्यापी अभियान तथा कार्यक्रम सञ्चालन गरी दिवस मनाउँदै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैक्रममा सूचनाको हकको लागि लामो समयदेखि अभियान चलाउँदै आएका नागरिक संस्था फ्रीडम फोरमको संयोजनमा सातै वटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सोमवार सूचना माग गरी अभियान शुरू गरिएको छ ।  


Advertisment
Nabil box
Kumari

प्रदेश सरकार अन्तर्गत पर्ने विभिन्न सार्वजनिक निकायको जानकारी तथा सो कार्यालयमा सूचना अधिकारी तोके/नतोकेको विवरणसहित ६ वटा बुदाँमा केन्द्रित रहि सूचना माग गरिएको छ ।

Vianet communication
Laxmi Bank

फ्रीडम फोरम मार्फत सूचनाको हकका अभियन्ता सञ्जीव घिमिरे र आदित्य दाहालले संयुक्त रुपमा माग गरेको सूचनामा प्रदेश सरकार अन्तर्गतका सार्वजनिक निकायबाट सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्दै स्वतः सार्वजनिक गर्नुपर्ने सूचना प्रवाह गरे/नगरेको जानकारी समेत माग गरिएको छ ।

सूचनाको हकको संरक्षण, प्रचलन र प्रर्वद्धनका लागि प्रदेश सरकारले कुनै निकाय वा संरचना बनाएको छ/छैन, सूचनाको हक सम्बन्धी प्रदेश कानून तर्जुमा भएको छ/छैन, प्रदेश सरकार भित्रका स्थानीय तहमा सूचनाको हक कार्यान्वयनको लागि प्रदेशले कुनै समन्वय वा निर्देशन गरेको छ/छैन उल्लेख गर्दै अभियानकर्मीद्वयले सोबारे प्रमाणित सूचना माग गरेका छन् ।

हरेक वर्षको २८ सेप्टेम्बरलाई लक्षित गरी नेपालमा फ्रीडम फोरम लगायतका संघसंस्थाले विगत १ दशकदेखि सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइरहेका छन् । अभियानको मुख्य उद्देश्य सूचनाको हकबारे नागरिक चेतना अभिवृद्धि गर्ने, शासकीय मामिलामा नागरिकका सरोकारबारे प्रश्न गर्ने तथा सबै सार्वजनिक निकायलाई सूचनाको हक सम्बन्धि दायित्व पूरा गर्नका लागि दबाब सिर्जना गर्नु रहेको अभियन्ता आदित्य दाहालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x