×

NMB BANK
NIC ASIA

दशैंमा नयाँ नोटको खोजी : यी हुन् नोट साट्न पाइने बैंकका शाखा [विज्ञप्तिसहित]

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – यस वर्ष सर्वसाधारणले असोज १० गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका १/१ प्याकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्ने जनाएको छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट नयाँ नोट साट्न सकिने जनाएको छ । 

Vianet communication
Laxmi Bank

कहाँ–कहाँबाट पाइन्छ नयाँ नोट ?

चाडपर्वलाई लक्षित गरी राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दै आएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरमा रहेका नेपाल बैंकका शाखाबाट नयाँ नोट साट्न सकिने छ । 

काठमाडौं उपत्यकाभित्र नै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार, सिंहदरबार परिसर, टेकु, नयाँ वानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखामा रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ नोट सटही गर्न सकिने छ ।

कृषि विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकमा रहेका कृषि विकास बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने छ ।  

राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिर पनि विभिन्न स्थानबाट नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज,  पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा रहेका राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साट्न सकिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x