×

NMB BANK
NIC ASIA

लक्षित समुदायलाई आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्छ : उपराष्ट्रपति पुन

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय  तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गरेका छन् । 

Muktinath Bank

चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र समाज कल्याण परिषद्द्वारा आज (सोमवार)आयोजित समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याए जस्तै गरी सामाजिक सङ्घसंस्था र अभियानकर्मीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेमा विश्वास व्यक्त गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्नु सामाजिक सङ्घसंस्थाको कर्तव्य रहेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, 'लोकतन्त्रमा मात्रै सामाजिक सङ्घसंस्था फस्टाउन सक्ने र सामाजिक काम पनि गर्न सम्भव हुन्छ, वर्तमान राजनीतिक परिवर्तन र उपलब्धिका लागि सामाजिक सङ्घसंस्थाले खेलिरहेको भूमिका सराहनीय छ, आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणका लागि निर्वाह गरेको भूमिकाका लागि सामाजिक सङ्घसंस्थालाई धन्यवाद दिँदै प्राप्त उपलब्धिप्रति गौरव गर्न आग्रह गर्दछु ।'

Vianet communication
Laxmi Bank

उपराष्ट्रपति पुनले केहीले राम्रो काम गरिरहेको उदाहरण भए पनि ती सामाजिक संस्थाको रकम लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो आइरहेकाले लक्षित समुदायलाई परनिर्भरताभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले भने, 'अहिले गाउँमा कुनै सानो सामाजिक कामका लागि बैठक बसौंभन्दा भत्ता कति आउँछ भन्ने प्रवृत्ति निकै बढेको पाइन्छ, जस्तो कर्णालीका स्थानीय जनताका लागि स्थानीय उत्पादनमा जोड दिने र त्यसबाट आर्थिक उत्पादनको सोचको विकास गर्नुभन्दा निरन्तर चामल पठाइराख्ने र परनिरर्भर बनाइराख्नेमा मात्रै हामी केन्द्रित भएका त छैनौँ ।'

उनले गैरसरकारी सङ्घसंस्थाले काठमाडौंका ठूला होटलहरुमा कार्यक्रम गरेर पैसा सक्नुको सट्टा कर्णालीका जनतालाई स्याउ, जडीबुटी, पशुपालनमा लाग्न प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यक औँल्याए । 

महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गैरसरकारी संस्थाको प्रभावकारी परिचालनमार्फत देशको आर्थिक भौगोलिक क्षेत्रका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता क्षेत्रलगायत समग्र कल्याणका क्षेत्रमा परिषद्ले योगदान पुर्‍याउँदै आएको बताए । उनले अब बन्ने परिषद्को ऐन नेपालको संविधानको उद्देश्य र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर बनाइने प्रतिबद्धता व्यक्त गरे । 

परिषद्  सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी सङ्घसंस्थाको सहजीकरण, समन्वय र ती संस्थाले सञ्चालन गर्ने कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्न स्थापना गरिएको स्वायत्त निकाय हो ।

हाल नेपालमा कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था परिषद्बाट स्वीकृति लिएर काम गर्दै आएका छन् । हाल २५० भन्दा बढी अन्तर्राष्ट्रिय र ५० हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था परिषद्मा आबद्ध छन् । कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x