×

NMB BANK
NIC ASIA

जाइकाको निमन्त्रणामा मन्त्री पुन जापान जाँदै

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ जापान भ्रमणमा जाँदै छन् ।

Muktinath Bank

जापानी विकास नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमवार साँझ ४ दिने जापान भ्रमणमा जान लागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जापान भ्रमणमा जानुअघि ऊर्जामन्त्री पुनसँग जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमवार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले भ्रमणबाट २ देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

जापानी राजदूतले भेटमा मन्त्री पुनको जापान भ्रमण र त्यसका ऐजेण्डाबारे छलफल गरेका थिए । ऊर्जामन्त्री पुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सोमवार राति जापानको ओसाका जाने कार्यक्रम छ ।

Vianet communication
Laxmi Bank

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिवरल डमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषि तथा वन मामिला सम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै नेपाल–जापान पार्लियामेन्टिरियनस फ्रेन्डशिप लिगका अध्यक्ष सहितका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

उनले जापान भ्रमणको क्रममा नेपालको जलविद्युत् क्षेत्रको सम्भावना र लगानीबारे समेत जापानी लगानीकर्तासँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । कार्यक्रममा फुजी र कान्साई लगायतका विश्वप्रख्यात कम्पनीको समेत सहभागिता रहनेछ । त्यसका साथै जापानमा बसोबास गरिरहेका नेपाली समुदायसँग समेत समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाइकाका उपाध्यक्षसँगको भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिङगाड जलविद्युत् परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्नेछन् । नेकपाका नेता समेत रहेका मन्त्री पुनको भ्रमण परियोजनालाई अघि बढाउने विषयमा केन्द्रित हुनेछ ।

नलसिंङगाड परियोजना जाइकाले पीपीपी मोडेलमा अध्ययन गरिरहेको छ । परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापान भ्रमणमा जान लागेका मन्त्री पुनका स्वकीय सचिव दुर्गा चापागाईले जानकारी दिए । मन्त्री पुनले यसअघि पनि जापानी राजदूत साइगोसँगको नलसिंङगाड जलविद्युत् आयोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x