मानिसको शरीरभित्र हुन्छ यस्तो अलौकिक शक्ति

असोज ११, २०७६

वैज्ञानिक तथ्यको आधारमा यो प्रमाणित भइसकेको छ कि मानव शरीर जल, वायु, अग्नि, पृथ्वी तथा आकाश गरी पाँच तत्वबाट बनेको हुन्छ । र यसमा कुनै शंका छैन कि जुन चीज जुन तत्वबाट बनेको हुन्छ, त्यसमा उक्त तत्वको सबै गुण समाहित हुन्छ ।

यसकारण पञ्चतत्वबाट बनेको मानव शरीरमा जलको शीतलता, वायुको तीब्र वेग, अग्निको तेज, पृथ्वीको गुरूत्वाकर्षण र आकाशको विशालता समाहित हुन्छ । यसप्रकारले मानिस अनन्त शक्तिको स्वामी हो । तथा मानिसको शरीरभित्र अलौकिक शक्ति लुकेका हुन्छ ।


ADVERTISEMENT

तर हाम्रै अज्ञानताका कारण हाम्रो शरीरभित्र हुने सुप्त अवस्थामा रहेको छ । जसलाई कुनै पनि व्यक्ति केही प्रयासद्वारा आफूभित्र रहेको शक्तिलाई जगाएर अनन्त शक्तिको स्वामी बन्न सक्छ ।

मानिसको भित्र सुप्त अवस्थामा रहेको शक्तिलाई नै ‘कुण्डलिनी’ भनिएको हो । कुण्डलिनी मनुष्यको शरीरको अलौकिक संरचना हो । जसभित्र ब्रह्माण्डका सबै शक्ति समाहित हुन्छन् । यदि सही शब्दमा भन्ने हो भने मानिसभित्र सारा ब्रह्माण्ड समाहित छ ।

आजभन्दा हजारौं वर्ष पहिले गुरू शिष्य परम्पराका अनुसार गुरू आफना शिष्यहरुलाई कुण्डलिनी शक्ति को योगाभ्यास तथा शक्तिपातको माध्यमबाट जागृत गराउने गर्थे । त्यसपछि शिष्य अलौकिक शक्तिको स्वामी बनेर समाज कल्याण जथा जनहितमा यी शक्तिको सद्उपयोग गर्दथे ।

कुण्डलिनी जागरण पछि मानिस भित्र अनेक अलौकिक एवम् चमत्कारिक शक्तिको प्रादुर्भाव हुन जान्छ । र मानिस मनुष्यत्वबाट देवत्वतर्फ अग्रसर हुन लाग्छ । कुण्डलिनी जागरण पछि अनेक चमत्कारिक घटनाहरु घट्न थाल्छन् ।

कुण्डलिनी शक्तिलाई जगाउन का लागि प्रचिनतम् ग्रन्थमा अनेकौं प्रकारका पद्धतिबारे उल्लेख गरिएको मिल्छ । जसमा हटयोग, ध्यानयोग, राजयोग, मन्त्रयोग तथा शक्तिपात आदि छन् ।

असोज ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस