×

NMB BANK
NIC ASIA

अण्डाको मूल्य बढी लिए कारवाही

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा आजदेखि अण्डाको मूल्यमा एकरुपता गरी उपभोक्ता मूल्य प्रतिगोटा  १२ रुपैयाँ कायम गरिएको छ ।  

Muktinath Bank

सङ्घको केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित छलफलमा  अण्डाको मूल्य तोकेको सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिनुभयो । हरेक शहरी क्षेत्रमा सोही मूल्यमा अण्डा बिक्री वितरण गर्नसमेत व्यवसायीलाई अनुरोध गरिएको छ । आज कायम गरिएको मूल्यमा अण्डा बिक्री वितरण नगर्नेलाई कारवाही गरिने सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष विनोद पोखरेलले मूल्यमा एकरुपता ल्याई किसानलाईसमेत फाइदा हुने तथा उपभोक्ता नठगिउन् भन्नका लागि अन्तक्र्रिया गरी नयाँ मूल्य निर्धारण गरिएको बताउनुभयो । यस अघि अण्डा प्रतिगोटा १५ रुपैयाँ सम्ममा बिक्री हुँदै आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज कायम भएको मूल्य लागू गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र अण्डा उत्पादक किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग–अलग समिति गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष अर्जुन अर्यालले सबै मिलेर मूल्यमा एकरुपता गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । अण्डाको बजार अनुगमन समितिका संयोजक मदन पोखरेलले देशका सबै व्यवसायी, किसान तथा वितरकसँग छलफल गरेर निष्कर्ष निकालिएको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्टले मूल्य निर्धारण मात्रै समस्याको समाधान नभइ राज्यले निर्धारण गरेअनुसार उत्पादित अण्डा बिक्री वितरणको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले सबै मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x