×

NMB BANK
NIC ASIA

कर्णालीको तिते फापरले बजार पाएन

असोज ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत–वीरेन्द्रनगर–६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाइँमा पर्दैन तिते फापर । 

Muktinath Bank

संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाइँमा पर्दैन । संस्थानका शाखा प्रबन्धक भीमबहादुर थापाले हालसम्म सिमी सात क्विन्टल र तिते फापर पाँच केजी बिक्री भएको जानकारी दिनुभयो । “तिते फापर स्वास्थ्यका लागि लाभदायक मानिन्छ, तर यहाँ यो उपभोक्ताको रोजाइँमा परेन,' उनले भने, 'बजारभन्दा धेरै सस्तो मूल्यमा दिँदासमेत मुस्किलले पाँच केजी तिते फापर बिक्री भएको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थानको सुर्खेत गोदाममा ८२ क्विन्टल तिते फापर थन्किएको छ । यो मधुमेह र उच्च रक्तचापका बिरामीका लागि लाभदायक मानिन्छ । संस्थानले वर्षेनि कर्णालीका हिमाली जिल्लाबाट सिमी, फापरलगायत रैथाने उत्पादन खरीद गरेर शहरी क्षेत्रमा बिक्री गर्दै आएको छ ।  


Advertisment
Nabil box
Kumari

संस्थानको सुर्खेत शाखा कार्यालयले कालीकोट, जुम्ला र मुगुबाट तिते फापर र सिमी खरीद गरेको हो । डोल्पा र हुम्लामा सडक पहुँच नहुँदा यसपटक ती जिल्लाबाट रैथाने उत्पादन खरीद गर्न नसकिएकोे संस्थानका शाखा प्रबन्धक थापाले बताए। सुपथ पसलबाट सिमी प्रतिकेजी रु १२० र तिते फापर रु ७० मा बिक्री हुने गरेको छ ।

Vianet communication
Laxmi Bank

'प्रायजसो उपभोक्ता ‘जुम्ली सिमी’ छ भन्दै आउँछन् सिमीको खपत अत्यधिक छ, दालका लागि धेरैले कर्णालीको सिमी खोज्छन्', संस्थानका कर्मचारी लक्ष्मी अधिकारीले भने, 'तर यता (वीरेन्द्रनगर)मा फापर खाने अझै बानी परेको छैन, त्यसले गर्दा पनि बिक्री कम भएको हुनुपर्छ ।' संस्थानले फापर तिहारसम्म बिक्री नभए काठमाडौँ पठाउने सोच बनाएको छ ।

उपभोक्ताले भने तिते फापर लिए  पनि दानाका लागि प्रयोग गरेका छन् । सुपथ मूल्य पसलमा भेटिएका वीरेन्द्रनगर तातोपानीका लक्ष्मी रेग्मीले पिसेर पीठो बनाउन झन्झटिलो हुने हुँदा चाहेर पनि लिन नसकिएको बताए। 'पसलमा प्याकेटमा फापरको पीठो पाइन्छ, अहिले नपिसेको फापर लिएर फेरि मिलमा जान झन्झट हुन्छ', उनले भने।

दशैँ–तिहारलाई लक्ष गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भदौ २४ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । संस्थानअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, सिमी र तितेफापर तथा साल्ट ट्रेडिङले नून–चिनी बिक्री गर्दै आएका छन् । चाडपर्वका बेला बजारमा कृतिम अभाव, कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले पछिल्ला वर्ष सुपथ मूल्यका पसल सञ्चालन गर्ने गर्दछ ।

बजारमाभन्दा सुपथ मूल्य पसलबाट चामलको मूल्य प्रतिकेजी रु १० घटाइएको छ । मोटा चामल रु ३७, सोना मन्सुली चामल रु ४०, जिरा मसिनो चामल रु ५०, जापानी चामल रु ४६।५० मा बिक्री वितरण भइरहेको छ ।

संस्थानले प्रतिव्यक्ति सिमी छ केजी र चामल एक क्विन्टलसम्म  सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । त्यस्तै उक्त संस्थानले  नून प्रतिकेजीमा रु दुई र चिनी प्रतिकेजी पाँच छुट दिएको जनाएको छ । सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति छ केजीका दरले नून र चिनी बिक्री वितरण भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x