मंसिर ४, २०८०
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरूवात गरेको छ ।
ओके रेमिट जापानसँगको सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीले नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिले भुक्तानी पाउने गरी रकम पठाउन सक्छन् ।
बिप्रेषण रकम बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखा, ७० वटा विस्तारित काउन्टर, ४१ वटा शाखारहित बैंकिङ तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सक्नेछन् ।
नजिकिँदो चाडपर्वको अवसरमा जापानमा रहेका नेपालीले २०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एनआईसी एशिया रेमिटमार्फत भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्नेछन् ।
नेपालका समग्र भौगोलिक क्षेत्रमा आफ्नो उपस्थिति थप दरिलो बनाउने क्रममा एनआईसी एशिया बैंकको २ नयाँ शाखा पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा असोज ६ गतेदेखि सञ्चालनमा आएको छ ।
कास्की जिल्ला, पोखरा महानगरपालिका–१३ स्थित बाझापाटन शाखाकोे उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे ।
पर्साको वीरगञ्ज महानगपालिका–१३ स्थित पावरहाउस चोक शाखाको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर ३०१ शाखा कार्यालय, ३५९ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करीब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...