एनआईसी एसियाले झण्डै २ अर्ब लाभांश वितरण गर्ने

असोज १०, २०७६

काठमाडौं– एनआईसी एसिया बैंक लि.ले चुक्ता पूँजीको २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा शुक्रवार राजधानीमा सम्पन्न २२औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT

साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशत अर्थात् रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय एक्काइस (रु.१,८५,९८,३७,६२१) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी (रु. ८८,३४,२२,८७०) बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ (रु. ९७,६४,१४,७५१) नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

साधारणसभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पनि पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ ।

एनआईसी एसियाले आफ्नो बैंकमा डीम्याट खाता हुने शेयरधनीलाई आजकै मितिबाट नगद लाभांश भुक्तानी गर्न शुरू गरिसकिएको तथा डीम्याट खाता नहुने शेयरधनीलाई यथाशीघ्र डीम्याट खाताका लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एसिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालय, ३६२ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी एसिया देशकै सबैभन्दा ठूला शाखा सञ्जाल भएको बैंक समेत हो ।

असोज १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार