पुस २२, २०८०
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
काठमाडौं– लमजुङको मर्स्याङ्दी एफएममा शुक्रवार र शनिवार दिउँसो ४ बजेदेखि कार्यक्रम बज्थ्यो- लोक मञ्जरी ।
त्यो फोनिङ कार्यक्रम हो । अर्थात् स्रोताले फोन गर्थे र मन परेको गीत सुन्न पाउँथे । सम्झना भण्डारी पनि लोकमञ्जरीको नियमित स्रोता थिइन् स्कूल पढ्दा ।
'तपाईं कुन गीत सुन्न चाहनुहुन्छ ? क-कसलाई सम्झन चाहनुहुन्छ ?' हो त्यो कार्यक्रममा ठ्याक्कै यही बज्थ्यो । सानैबाट लोकगीतमा चाख राख्ने, गाउँमा जता मादल बज्यो उतै कुद्ने सम्झनाले कार्यक्रममा फोन गर्थिन् । त्यो पनि ममीको मोबाइल चोरेर ।
यसले सम्झनाको लोकगीतप्रतिको मोहलाई देखाउँछ । अब केही अगाडिका कुरा गरौं है त ।
लमजुङ सिमपानेकी सम्झना भण्डारी अहिलेको लोकप्रिय गायिका हुन् । उनले गाएका गीतहरू ब्याक टु ब्याक हिट भइरहेका छन् ।
बच्चैदेखि सम्झना लोकगीतप्रेमी थिइन् । उनलाई ममीको भरपूर साथ र सहयोग थियो । ममीले उनको कला चिनेकी थिइन् । उनको मोहलाई राम्रोसँग छामेकी थिइन् । 'गाउँतिर कतै मादल बजेको छ भने ममीले मलाई लिएर जान रुचाउनुहुन्थ्यो । गइदिएहुन्थ्यो, गाइदिएहुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो,' सम्झना बाल्यकाल सम्झिन्छिन् । तर भाइ भने उनको रुचिको ठ्याक्कै उल्टो गतिमा थिए । उनी आफ्ना दिदीबहिनी बाहिर गएर गाएको नाचेको मन पराउँदैनथे रे ।
सम्झना भन्छिन्- 'भाइको अरू उद्देश्य होइन मात्र दिदीबहिनी नबिग्रियोस् भन्ने हो ।'
उनी स्कूलहरूमा हुने गायन प्रतियोगिता कुनै पनि छुटाउँदैनथिन् । र कुनै न कुनै पुरस्कार जितेर आउँथिन् । 'अन्तरविद्यालय गीत प्रतियोगितामा पनि मलाई सरहरूले लिएर जानुहुन्थ्यो । जहाँ गएपनि फर्स्ट सेकेन्ड भएर फर्किन्थ्यौं हामी,' लोकान्तरसँग गफिँदै स्कूले जीवनबारे खुल्छिन्, 'सात कक्षामा पढ्दा खुदीको अमर माध्यामिक विद्यालयमा खुला लोकगीत प्रतियोगिता थियो । त्यहाँ पनि हामी प्रथम भयौं ।'
*****
सम्झनालाई बिमाकुमारी दुरा, राजु परियार, पशुपति शर्मा, शिरीष देवकोटालगायतका गायकगायिका मन पर्थे । उनीहरूकै गीत सुन्थिन् । अझ शिरीष देवकोटाका रोइला र पशुपति शर्माका गीतहरूले उनलाई छुन्थ्यो रे !
उनी किशोरावस्था हुँदै पशुपति शर्माको 'लेकैमा गुराँस बेशीमा टुनी' गीत बजारमा आएको थियो । त्यहीबेला उनी सोच्थिन्- 'पुशपति शर्मा र शिरीष देवकोटालाई भेट्न पाए, उहाँहरूसँग गीत गाउन पाए कस्तो हुन्थ्यो होला ।'
*****
सम्झना स्कूल पढ्दै थिइन् । त्यहीबेला लमजुङमा एउटा प्रतियोगिता हुने भयो- लमजुङ लोकतारा । उनले त्यहाँ गाउने सोचिन् । तर घरमा भनेर जान सक्ने अवस्था थिएन । भाइले सिधै रोक्थ्यो ।
त्यसपछि उनले भागेर जाने योजना बनाइन् । घरको कौशीबाट भागिन् । सम्झिन्छिन्, 'हतारहतार भागेर गएको हुनाले कपडाहरू पनि च्यातिएका थिए ।'
उनको लागि लमजुङ लोकतारा सहज भने भएन । कारण- गुन्यूचोली अनिवार्य लगाएर प्रस्तुति दिनुपर्ने । उनीसँग गुन्यूचोली थिएन । 'भन्नेबित्तिकै कहाँबाट पाउनु गुन्यूचोली ? मागेरै चलाएँ,' पुराना दिन स्मरण गर्छिन् उनी ।
गाउँमा मादलको तालमा गाइरहेकी सम्झनालाई हार्मोनियम र ढोलक देख्दा लाग्थ्यो रे- कसरी गाउने यिनीहरूको तालमा ? त्यतिबेला उनले 'मर्स्याङ्दीमा फूल बगाम भो, सँगै बस्न पाइएन निर्माया एउटै डोरी पासो लगाम भो' गाइन् । उनको यात्रा शीर्ष दशमै टुङ्गियो ।
शीर्ष पाँचमा अटाउनेलाई अवसरहरू थिए । एल्बमहरू निकाल्न सहयोग हुन्थ्यो ।
गीत गाएर टीभी तथा रेडियोमा बज्ने उनको सपना लोकताराले पूरा गर्न सकेन ।
काठमाडौंमा संघर्ष
विसं २०७० सालमा सम्झना काठमाडौं आइन् । सानोममीको घरमा बसिन् अनि कान्तिपुर मलको एउटा कपडा पसलमा काम थालिन् ।
सानोममीको घरमा बस्दै गर्दा कोपिला श्रीपाल र भीमा लामिछाने मगर एकदमै नजिकको साथी भए । उनीहरूले सम्झनालाई सक्दो सहयोग गर्थे । उनीहरूका दिदीहरू लोकगीतमै संलग्न थिए ।
एकदिन स्व. मञ्जु महतसँग उनीहरूले प्रतिष्ठानको एउटा कार्यक्रममा भनेछन्- मेरो एक जना साथी छ । उसको एकदम राम्रो स्वर छ । उहाँलाई तपाईंको दोहोरीमा काम लगाइदिनुहोस् न ।
स्व. मञ्जुले हुन्छ भनिछन् ।
त्यसैपछि शुरू भयो सम्झनाको नयाँ यात्रा । उनले कुलेन्द्र विक, राजन ठकुरी, शिव हमाल, स्व. मञ्जु महतको सञ्चालन गरेको बागलुङ कालिका दोहोरी साँझमा काम पाइन् । गीत गाइन् ।
अनि शिव हमालले भनेछन्- स्वर त ठीकै रहेछ । एक दुई दिन हेरौं । ट्राइ गरौं न ।
सम्झना दोहोरीसाँझको अनुभव सुनाउँछिन्, 'दुई-तीन दिन हेर्नुभयो । त्यसपछि बस भन्नुभयो ।'
उनले त्यहाँ माइक समातेर गीत गाउने रहर पूरा गरिन् । दोहोरी साँझको अनुभव समेट्न पाइन् । दोहोरीका विभिन्न कुराहरू सिक्न पाइन् । अझ भनौं गीतमार्फत सवालजवाफ फर्काउन सिकिन् ।
एकदिन दोहोरी साँझमा पृथ्वी थकाली आए । उनी लोकगीतमा लागेर केही गर्न चाहनेहरूका लागि असल अभिभावक हुन् । उनले अहिलेका चल्तीका धेरै गायकगायिकालाई निस्वार्थ सहयोग गरेका छन् । धेरैले 'पृथ्वी थकाली दाइले गर्दा म अहिलेको स्थानमा आइपुगेको हुँ' भनेर निर्धक्क भन्छन् ।
तिनै लोकगीतका अभिभावकसँग स्व. मञ्जुले आफूबारे कुरा गरेको सम्झनाले सुनिन् । भन्छिन्, 'पृथ्वी थकाली दाइहरू आउँदा दिदीले भन्नुभयो- दाइ यो बहिनीको स्वर एकदमै राम्रो छ । हजुरले सपोर्ट गरिदिनुपर्यो ।
त्यसपछि थकालीले भनेछन्- स्वर मात्रै राम्रो भएर हुँदैन । काँच्चै छन्, केही कुराहरू सिक्नुपर्छ ।
त्यसपछि फेरि एउटा कार्यक्रममा सम्झनाको पृथ्वी थकालीसँग भेट भयो । उनले भनिदिए रे- तिम्रो स्वर राम्रो छ । भोकल क्लास जाऊ।
सम्झनाले पृथ्वी थकालीको सुझावलाई शिरोपर गरिन् र मनोजराज शिवाकोटीसँग पुतलीसडकमा रहेको मुर्छुन्ना संगीत विद्यालयमा साढे दुई वर्ष संगीत सिकिन् ।
*****
उनी राति दोहोरी साँझमा काम गर्थिन् । ६ बजे उठेर क्लास जान्थिन् । निद्रा पुगेको हुन्थेन । 'माइक्रोमा म निदाउँदै, ठोक्किँदै-ठोक्किँदै जान्थेँ । गुरुले सारेगम भन्दा लोरी सुनाएजस्तो हुन्थ्यो,' सुनाउँछिन्, 'म झुल्दो रहेछु अनि गुरुले मुख धोएर आऊ सम्झना भन्नुहुन्थ्यो । अहिले भेट्दा मेरो प्रगतिमा उहाँ पनि खुशी हुनुहुन्छ ।'
दोहोरी साँझ बन्द भयो । संगीतका आधारभूत कुराहरू उनले सिकिसकेकी थिइन् । उनी गामबेशी दोहोरी साँझ पुगिन् । संगीत सिकाइलाई पनि निरन्तरता दिइन् । उनले चन्दन श्रेष्ठसँग गान्दर्ध्वमा थप संगीत अध्ययन गरिन् ।
सांगीतिक डेब्यू
दोहोरी साँझमा काम गर्दा चिनेका अग्रज सर्जक तथा गायक शिव हमालको लय तथा शब्दमा उनले पहिलो गीत गाइन् ।
मालश्री रेकर्डिङ स्टुडियोमा दशैं-तिहार गाएपछि शिव हमाल एकदमै खुशी भएको उनको दिमागमा ताजै छ । सम्झिन्छिन्, 'शिव दाइले लोक दोहोरी क्षेत्रमा राम्रो स्वर आयो, अब केही गर्छ यो आवाजले भन्नुभएको थियो ।'
तर त्यो गीत अडियोमा मात्र आएको उनले बताइन् ।
आफ्नो पहिलो भिडियोमा बनेको गीतमा पृथ्वी (दाइ) थकालीले एकदमै सहयोग गरेको सम्झना निर्धक्क भन्छिन् । 'पृथ्वी इन्टरटेन्मेन्टमा प्रकाश सपूतको लय शब्दमा हामीले त्यो एल्बम गरेका थियौं । पृथ्वी थकाली दाइले सपोर्ट गरेर हामीले त्यो एल्बम गरेका थियौं । 'तोरी भएछ' भन्ने गीत बजारमा आएपछि सुन्नेहरूले नयाँ आवाज आएछ भनेर नोटिस गर्नुभयो,' उनले सुनाइन् ।
*****
उनको माइक समाएर गीत गाउने सपना पनि पूरा भयो । स्टुडियो छिरेर गाउने सपना पनि पूरा भयो । रेडियो र टीभीमा बज्ने सपना पनि पूरा भयो । तर बाँकी थियो- पशुपति शर्मासँग गीत गाउने धोको ।
भन्छिन्, 'मलाई पशुपति शर्मासँग गीत गाउने ठूलो धोको थियो । मैले कसरी पशुपति दाइसँग नजिक भएर गीत गाउने होला भनेर सोचिरहेको थिएँ ।'
तर एकदिन पशुपति शर्माले एक्कासी फोन गरेर 'मालश्री स्टुडियो आऊ' भनेछन् । उनको खुशीले सीमा नाघ्यो । सोचिन्- सपनाले मुर्त रूप लिँदैछ ।
पशुपतिले सम्झनालाई फोन गरेर स्टुडियो यस्सै बोलाएका थिएनन् । यसका लागि पृथ्वी थकालीले सहयोग गरेका थिए । उनकै पहलमा यी सब भएको थियो ।
स्टुडियो छिरेर गाइन्-
मेरो माया बसेको गाउँमा
बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा
स्टुडियो गएर गाएर निस्कँदा उनलाई लाग्यो रे - सपना त पूरा भयो नि !
गीत चलेर यति धेरै हिट हुन्छ भन्ने सोच्नेतर्फ भन्दापनि उनको ध्यान पशुपति शर्मासँग गीत गाउनुमै गयो ।
सफल गीतसँग जोडिएर उनी भन्छिन्, ' पशुपति दाइसँग गीत गाउन पाउनु नै मेरो लागि ठूलो कुरा थियो । त्यो गीतले नै आज यहाँसम्म छु । पृथ्वी थकाली दाइको सहयोगलाई कहिल्यै पनि भुल्दिनँ । उहाँप्रति सम्मान छ ।'
रेकर्डपछि के भने त पशुपतिले ?
उनले जवाफ दिइन्, 'हाइमा गाउने रैछिन् बहिनीले । आवाज मिल्दो रहेछ मसँग । रेन्ज मिल्यो भनेर कुरा गर्नुभयो ।'
पशुपति शर्मासँगको सहकार्यले उनी लोकगीतको क्षेत्रमा चिनिइन् । उक्त गीत हिटको सूचीमा पर्यो ।
'बत्ती बाल्नै पर्दैन'लाई दर्शक तथा स्रोताले रुचाएपछि सम्झनाले पछाडि फर्केर हेर्नुपरेन । लगातार गीत गाइरहेकी छन् । उनको व्यस्तता ह्वात्तै बढ्यो ।
त्यसपछि उनले कुशल बेलबासेसँग 'माली गाइले बाच्छी चाटेको', रमेशराज भट्टराईसँग पञ्जेबाजा गीत 'कहिले हो त सानु' गाइन् ।
यस वर्षको तीजमा पशुपति शर्मासँगै 'स्याङ्जा जाने बाटोमा तनहुँ', 'कान्छी बुहारी', 'क्यार्न माया मारिछौं' गाइन् । सबै गीतलाई दर्शकले रुचाए । 'औंठी बेरुवाको' पनि यसै वर्ष रिलिज भएको थियो । यसले पनि सफलता पायो ।
*****
गाउने मान्छे अभिनयमा किन ?
'अहिले युट्युबबाट हेर्ने चलन छ । मानिसहरूलाई जो नाच्यो उसैले गाएको भन्ने हुँदो रहेछ,' उनले उत्तर दिइन्, 'विदेशमा गएर कार्यक्रम गर्दा मैले यो गीत गाएको छु है भनेपछि ए भन्नहुन्छ ।'
हरेक कुराहरू हेरेरै थाहा हुने भएकाले देखिनैपर्छ भन्ने लागेको उनले बताइन् ।
भन्छिन्, 'सुहाउने गर्ने हो । नसुहाउने चाहिँ म गर्दिनँ ।
*****
आजकाल सम्झना भण्डारीको व्यस्तता बाक्लिएको छ । गीतहरू रेकर्ड भइरहेका छन् ।
एकैदिनमा दुईवटासम्म गीत बजारमा निस्कन्छन् नि ?
'म लगानीकर्ता भएँ । अनि मैले आफूले लगानी गरेका गीतहरू पनि आउँछन् नै । तर म व्यावसायिक गायिका भइसकेपछि अरूको गीतहरू पनि गाउनुपर्छ । गाएको पनि छु,' हालसम्म दुई सयको हाराहारीमा गीत गाएकी सम्झना भन्छिन्, 'तर उहाँहरूले एकैपटक निकाल्छु भनेर निकालेको पनि होइन । आएपछि मैले शेयर गर्नुपर्छ । त्यो मेरो धर्म हो ।'
सम्झना अन्तिममा भन्छिन्- मैले यो सांगीतिक उचाई पाउनुमा पशुपति शर्मा 'दाइ'को ठूलो साथ र सहयोग छ ।
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...