असोज १२, २०७६

इनरुवा – प्रहरीले पेस्तोल र लागूऔषधसहित आइतवार २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।


ADVERTISEMENT

भारतबाट अवैध रुपमा हतियार र लागूऔषधसहित नेपालतर्फ आउँदै गर्दा जाँच गर्ने क्रममा उनीहरुलाई बर्जु गाउँपालिका–३ अमडुवाबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट १ थान पेस्तोल, त्यसमा प्रयेग गरिने म्याग्जिन ३ थान तथा विभिन्न लागूऔषध बरामद गरिएको हो । 

असोज १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस