शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्मको टीजर सार्वजनिक (भिडियो)

असोज १८, २०७६

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म द ग्रे पार्ट अफ ब्लुको टीजर सार्वजनिक भएको छ । उनले यो शर्ट फिल्मबाट अभिनय क्षेत्रमा कदम राखेकी हुन् । 

टीजरमा सुहानाको अभिनय क्षमता देख्न पाइन्छ । उनले केही सीनमा राम्रा एक्सप्रेसन दिएको देखिन्छ । संवाद नबोलेपनि पात्रको भावना अभिनयबाट अभिव्यक्त भएको छ । 


ADVERTISEMENT

सुहानाले कलेजमा अभिनयबाट पुरस्काहरू हात पारिसकेकी छन् । उनी बलिउडमा आएपछि अन्य अभिनेत्रीहरूलाई कडा चुनौती दिने देखिन्छ । 

सुहानाले लन्डनमा पढाइ सकेपछि न्युयोर्कमा अभिनयको कोर्स गरिरहेकी छन् ।

एजेन्सी
 

असोज १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार