कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
घटनाबाट आफू स्तब्ध भएको भन्दै थापाले कानूनी राज्यको सीमाभित्र रहेर घटनाको निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने बताएका हुन् ।
बुटवलमा मंगलबार बिहान रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले भने, ‘उहाँमाथि आरोप लागेको छ । घटनाको निष्पक्ष छानबिन गर्नका लागि आफ्नो पदबाट अलग रहेर छानबिन गर्न सघाउनुपर्छ । घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको छ । कानूनी र संसदीय सर्वोचतामाथि आँच पुगेको छ । प्रहरी प्रशासन कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाट घटनाको निष्पक्ष छानबिन गरिनुपर्छ ।’
पछिल्ला सरकारका गतिविधिले राज्यप्रति जनताको निरासा पैदा गराएको उनले बताए ।
'सरकार तिल्मिलायो । सरकार खोक्रो बन्यो । जनतामा निराशा मात्र छायो । सरकारको वैधानिक शक्ति भएपनि शासन गर्ने नैतिक शक्ति सरकारसँग छैन,’ थापाले भने ।
सरकारविरुद्ध कांग्रेसले दशैंपछाडि संघर्ष गर्ने बताए । थापाले दशैंअगाडि नै कांग्रेसका सबै भ्रातृ संगठन र प्रदेश संरचनाले पूर्णता पाउने दाबी गरे ।
कांग्रेसले गठन गरेको छायाँ सरकार सहीरूपमा अगाडि बढ्न नसकेको थापाले स्वीकार गरे ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...