पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
बुटवल– धेरै व्यक्तिहरू कुनै एउटा क्षेत्रमा मात्र अब्बल/सफलता प्राप्त गरेको देखिन्छ । तर बुटवलका एक युवा लोकदोहोरीदेखि शैक्षिक क्षेत्रमा पनि आफूलाई अब्बल सावित गरेर स्थापित भएका छन् ।
प्रचण्ड जिसीको नाम शिक्षादेखि कलाकारिता क्षेत्रसम्ममा फैलिएको छ ।
प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–५ मा २०४२ सालमा जन्मिएका जिसीले एसएलसी पछिको अध्ययनका लागि२०५८ सालमा रूपन्देही झरे । उनले गाउँकै बालशिक्षामाविबाट दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । उनले २०५८ सालमा बुटवल बहुमुखी क्याम्पसमा २०५८ मा विज्ञान विषय लिएर अध्ययन शुरू गरे । उनको भित्री चाहना भनेको गायन क्षेत्रनै थियो । अझ भनौं दोहोरीमा बढी थियो ।
उनी कलेज जाँदा होस् वा कोठामा रहँदा गीत गुनगुनाइरहन्थे । २०६१ मा रुपन्देहीको सालझण्डीमा लोकदोहोरी गायक रामप्रसाद खनालले चलाएको दोहोरी गीत प्रतियोगितामा उनले पहिलो पटक भाग लिए । कुनै तयारी बिना १० टीमलाई पछाडि पारेर उनी दोस्रो स्थान हात पार्दै पहिलो पटक ५ हजार रुपैयाँ हात पारे । त्यो उनको पहिलो प्रतियोगिताको उपाधि पहिलो थियो ।
त्यसपछि पोखरामा सञ्चालित शैक्षिक महोत्सवमा बुटवल बहुमुखी क्याम्पसको उनको नेतृत्वमा एउटा टीम पोखरा गयो । त्यहाँ उनी प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँसहित नेपालभरको क्याम्पस स्तरीय दोहोरी गीतमा जीत हासिल गरे ।
त्यसपछिका देशभरमा विभिन्न स्टेज दोहोरीमा जिसीले सधैंजसो उपाधि जिते । लेखनाथ महोत्सव होस् वा रुपन्देहीमा विभिन्न ठाउँहरूमा प्रत्येक वर्ष आयोजना गरिने महोत्सवमा दोहोरी गीत प्रतियोगिता नै किन नहून् सबैमा जिसीले आफूलाई अब्बल सावित गरे । छोटो समयमा धेरै दोहोरी प्रतियोगितामा उपाधि हासिल गर्न उनी सफल भएका छन् ।
उनी भन्छन्, 'रेडियो नेपालले आयोजना गरेको दोहोरीदेखि अञ्चल स्तरीय दोहोरीमा प्रथम भएको छु । दोहोरीमा मैले ७०/८० ठाउँमा जितेर १५/१६ लाख रुपैयाँ नै पुरस्कार प्राप्त गरे हुँला ।’
उनले स्टेज दोहोरीसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिएका थिए । उनले आईएमा क्याम्पस टप गरे । ब्याचलरमा उनले विज्ञान संकाय छाडेर गणित विषय मुख्य बनाएर अध्ययन गरे । पढाइसँगै उनले बोर्डिङ स्कुल पनि पढाउँथे । दैनिक गुजाराका लागि मध्यम वर्गीय परिवारमा जन्मिएका जिसीलाई पढाइको लागि अध्ययापन अनिवार्य जस्तै थियो । बुटवलबाटै उनले ब्याचलर र मास्टर पूरा गरे । पढाइ, दोहोरी गीत हुँदै शिक्षक सेवा आयोगको तयारीमा पनि थिए ।
२०६९ मा शिक्षक सेवा आयोगले आवेदन माग गर्यो । उनले फाराम भरे । ०७१ मा उनले ३ वटै तह (मावि, निमावि र प्रावि) मा लिखित र मौखिकमा नाम निकाले । त्यसपछि उनको यात्रा शैक्षिकतिर बढी केन्द्रित भयो । उनी २८ वर्षमा सरकारी सेवामा प्रवेश गरे ।
जनता मावि तिलोत्तमा–१३ मा उनी प्रधानध्यापकको रूपमा २०७१ देखि नेतृत्व गरिरहेका छन् । उनी भन्छन्, ' नेपाली लोकदोहोरी क्षेत्रलाई निरन्तरता र माया सधै छ ।’
जिसीले अध्ययन दोहोरीकै क्षेत्रमा काम गर्दै गर्दा झण्डै दर्जन एल्बमहरू पनि बजारमा ल्याए जसले उनलाई अझै चिनाउन मदत गर्यो । उनले पहिलो एल्बम २०६४ मा 'दाउ पर्यो मायाले’ बजारमा ल्याए । त्यस्तै उनको २०६८ मा 'सुन हे पियारी यहीँ हो मेरो देश' तीज गीत बजारमा ल्याएर जसलाई धेरै नेपालीले मन पराए ।
उनी त्यही गीतबाट धेरै सामु चिनिए पनि । त्यस्तै 'दशैं तिहार आयो', 'पढ्ने बेला पढ केटा हो', 'घुस नखाउ', 'झिमरुक पारी मायाको गाउँ छ', 'सोल्टिनी', 'पार्टी पर्यो भिन्नै', 'फेरियो हाम्रो गाउँ', 'जान्नँ फर्केर', 'दशैं आइसक्यो', 'गाउँका लाहुरे फर्केनन् घर'लगायतका गीतहरू बजारमा ल्याए । 'आफूलाई रुचि भएको क्षेत्रमा निन्तर लगाव लगाए सफलता प्राप्त गर्न समस्या छैन,’ उनले भने, 'गीत संगीत क्षेत्रमा लाग्नेलाई बाँच्न गाह्रो छैन । बरू केही विकृतिहरू हटाउन जरुरी छ ।' उनले छिट्टै तिहार सम्बन्धी नयाँ गीत बजारमा ल्याउँदै छन् । पछिल्लो समय कलाकारहरूमा देखिएको यूट्युब मोह र लोकप्रियता बढ्दै गएकोले आर्थिक स्थिति पनि कलाकारको राम्रो रहेको उनको बुझाइ छ । राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उनको बुझाइ छ । उनले भने, 'राज्यले कलाकारलाई चाहिएको बेलामा प्रयोग गर्ने अन्य समयमा कुनै महत्त्व नदिने गरेको छ । यो राम्रो होइन ।’
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...