×

NMB BANK
NIC ASIA

काठमाडौं – संसद सचिवालयकी एक कर्मचारीसँग यौन दुर्व्यवहार प्रकरणमा मुछिएर सभामुख कृष्णबहादुर महराले राजीनामा दिएलगत्तै नयाँ सभामुख को भन्ने विषयले राजनीतिक वृत्तमा चर्चा बटुलेको छ ।

Muktinath Bank

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नै पार्टीबाट सभामुख बनाउने कसरत शुरू गरिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ तर दुईतिहाइ बहुमतका साथ सरकार चलाइरहेको नेकपाले सभामुख आफैंले राख्न उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरिरहेको स्रोतले बताएको छ ।  


Advertisment
Nabil box
Kumari

तुम्बाहाम्फे स्वयम् सभामुखकी दाबेदार हुन् । ‘उहाँले राजीनामा दिने विषय पार्टीभित्र अनौपचारिक रूपमा छलफल भएको भएपनि अन्तिम निर्णय भइसकेको छैन,’ स्रोतले लोकान्तरलाई भन्यो, ‘पार्टीले निर्णय गर्‍यो भने उहाँले उपसभामुख नछाड्नुपर्ने कारण के होला र ?’

Vianet communication
Laxmi Bank

२ पार्टी एक नभइसकेको अवस्थामा तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख निर्विरोध चयन भएका थिए भने तत्कालीन एमालेका तर्फबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी थिइन् । संविधानले सभामुख र उपसभामुख दुवै फरक–फरक पार्टीको हुनुपर्ने व्यवस्था गरेपनि हालसम्म सत्तारूढ दल नेकपा मौन बसेको थियो । 

को–को छन् आकांक्षी ?

महराले राजीनामा दिएपछि तत्कालीन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सभामुखको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो तर नेम्वाङले आफू सभामुख बन्न नचाहेको प्रष्ट पारिसकेका छन् । आफूले संविधान सभाको अध्यक्षका रूपमा ऐतिहासिक जिम्मेवारी पूरा गरिसकेको र सभामुखको जिम्मेवारी नयाँलाई दिनुपर्ने उनको तर्क छ । 

सभामुख पदका लागि अर्का दाबेदार देव गुरुङ हुन् । शालीन, भद्र र कम बोल्ने गुरुङलाई सभामुख बनाउनुपर्छ भन्दै नेकपाभित्र पूर्व माओवादी खेमाले लबिङ शुरू गरिसकेको छ । महराले राजीनामा दिएपछि पार्टीभित्र सन्तुलन मिलाउन पनि पूर्व माओवादी पक्षलाई नै सभामुख दिनुपर्ने आफ्नो अडान रहेको एक नेताले बताए ।

नेम्वाङ, गुरुङ लगायत पूर्व सभामुख ओनसरी घर्ती, अग्नी सापकोटा, पम्फा भुसालको पनि चर्चा चलेको छ तर चर्चामा नाम आएकाहरू भने यसबारेमा पार्टीले निर्णय गर्ने भन्दै कुनै टिप्पणी गर्न चाहिरहेका छैनन् ।
यसबारेमा पार्टीभित्र औपचारिक छलफल हुन बाँकी रहेको नेतृ भुसाल बताउँछिन् । ‘अहिल्यै यसबारेमा बोल्न छिटो हुन्छ,’ लोकान्तरसँग कुरा गर्दै भुसालले भनिन्, ‘पार्टीभित्र औपचारिक रूपमा यो विषय प्रवेश भएकै छैन ।’

देव गुरुङको सम्भावना कति ?

गत मंगलवार नेकपाको सचिवालय बैठक बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच महरालाई राजीनामा गराउने विषयमा सहमति भएको थियो । अनौपचारिक छलफलमा कसलाई सभामुख बनाउने भन्नेबारे मोटामोटी सहमति भइसकेको स्रोत बताउँछ ।

भेटमा ओलीले नेम्वाङ र उपसभामुख तुम्बाहाम्फेको नाम लिएका थिए भने प्रचण्डले गुरुङको नाम लिएका थिए । ‘आकांक्षीको नाम जति थोरै हुन्छ, उति सहमति जुटाउन सहज हुन्छ,’ स्रोतले भन्यो, ‘सभामुख–उपसभामुखको विषयलाई लिएर थप विवाद नहोस् भन्ने उहाँहरू दुवैको चाहना छ ।’

यद्यपि गुरुङ भने यस विषयमा खुल्न चाहन्नन् । शनिवार लोकान्तरसँग कुरा गर्दै गुरुङले भने, ‘यो कुनै व्यक्तिको कुरा होइन । पार्टीले जे निर्णय गर्छ त्यो स्वीकार्य हुन्छ ।’

गुरुङले घुमाउरो पारामा आफू आकांक्षी रहेको र पार्टीले जिम्मेवारी दिए सम्हाल्न सक्ने दाबी गरे । ‘पार्टीले जसलाई जिम्मेवारी दिन्छ उ अघि बढ्नुपर्छ,’ गुरुङले भने, ‘यदि त्यो मेरो जिम्मेवारीमा आइपर्‍यो भने मैले पनि स्वीकार्नुपर्‍यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x