माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
काठमाडौं –दसैं बिदामा पनि बैंकहरूले ग्राहकलाई सेवा दिने भएका छन् । सेवा सञ्चालन हुने शाखा, कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध मिलाइसकेको बैंकहरूले जनाएका छन् ।
चाडपर्वको समयमा ग्राहक बैंकिङ कारोबारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिदाका दिनमा पनि सेवा दिने तयारी गरिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।
‘अरु दिनमा जसो सबै स्थानका शाखा सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘ग्राहकको बढी चहलपहल हुने स्थानका शाखा, प्रमुख व्यापारिक स्थानका शाखा (मागअनुसार) मार्फत वित्तीय सेवा दिइनेछ।’ अहिले बैंक तथा वित्तीय संस्थाले हरेक दिन विभिन्न माध्यममार्फत २४सै घण्टा बैंकिङ सेवा दिइरहेको ढुङगानाले बताए। ‘यसपालिका दसैं बिदामा पनि ग्राहकले आफ्नो नजिकको बैंकमा गएर रकम झिक्ने र राख्ने काम गर्न सक्छन्,’ उनले भने, ‘यसका लागि ग्राहक बैंकहरूले तोकेको समय र शाखामा जानुपर्नेछ।’
दसैंमा पैसाको कारोबार धेरै हुन्छ। त्यसकारण पैसा झिक्न र राख्नका लागि पनि बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्छ। सेवाग्राहीको यही आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले विगतका वर्षहरूमा जस्तै यस वर्षको दसैं बिदामा पनि कार्यालय खुला राख्ने भएका हुन्। बैंकहरूले टीकाका दिनबाहेक सबै बिदाका दिन दैनिक २ देखि ३ घण्टा तोकिएका निश्चित कार्यालय खुला राख्नेछन्। तर, ३ सय ६५ दिनमै बैंकिङ सेवा दिने बैंकले टीकाको दिन पनि बैंक खोल्ने तयारी भएको अध्यक्ष ढुंगानाले बताए।
बैंकिङ क्षेत्रको विकास र विस्तारसँगै पछिल्ला वर्षहरूमा बैंकहरूबीच प्रतिस्पर्धा पनि बढ्दै गएको छ। बढ्दो प्रतिस्पर्धाले सेवाको विविधता र गुणस्तर बढाएको छ। परिणाम बैंक तथा वित्तीय संस्थाले २४सै घण्टा बैंकिङ सेवा/३६५ दिनमै बैंकिङ सेवा दिइरहेका छन्। यसपालिको दसैंमा पनि सेवाग्राहीलाई कसरी धेरैभन्दा धेरै सेवा दिने भन्ने प्रतिस्पर्धामा बैंकहरू जुटेका छन्। बैंकले दसै बिदाका दिन सेवा दिए पनि कार्यालय खोल्ने समय फरक–फरक हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए। ‘बैंकले ग्राहकको माग, सुरक्षा, कर्मचारी व्यवस्थापनलगायत पक्षलाई ध्यानमा राखेर उपयुक्त समयमा कार्यालय खोल्ने तालिका बनाएका छन्,’ उनले भने, ‘ग्राहकले आफ्नो खाता रहेको बैंकले तोकेको समय र शाखामा गएर बैंकिङ कारोबार गर्न सक्छन्। कान्तिपुर दैनिकमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...