कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
धनगढी – जतिबेला नेपालमा चाडपर्वको उल्लास बढ्छ, त्यतिबेला सीमावर्ती भारतीय बजार भारतीयले होइन, नेपालीहरूले खचाखच भरिन्छ ।
सस्तो मूल्यमा पाइने भन्दै नूनदेखि सुनसम्म किनमेल गर्न नेपाली उपभोक्ताहरू २/३ किलोमिटर दूरी तय गर्दै सीमावर्ती भारतीय बजार पुग्छन् ।
दशैंको माहोल बढेयता कैलाली जिल्लासंग जोडिएको भारतीय सीमावर्ती वनगाउँ, सुडा, पलिया, चन्दनचौकी, टिकुनियालगायत बजार नेपाली उपभोक्ताबाट भरिएको छ ।
वनगाउँमा किनमेल गर्न पुुगेका धनगढी चौराहाका वीरसिंह धामीले धनगढी बजारमा भन्दा हरेक सामान सस्तोमा पाइने भएको किनमेल गर्न आएको बताए । खासगरी नून, चिनी, खुर्सानी, मसालालगायत दैनिक उपभोग्य वस्तुहरू किन्न आफुहरू भारतीय बजार पुग्ने गरेको धामीको भनाइ छ ।
अत्तरियाकी उमा भट्टपनि दशैंको लागि भन्दै कपडा किन्न वनगाउँ बजार पुगिन् । साडी, धोती, कुर्तालगायत थान कपडा सस्तोमा पाइने भन्दै उनीले भारतीय बजारमा भर पर्दै आएको बताइन् ।
धामी र भट्ट मात्रै होइनन्, सीमावर्ती क्षेत्रका अधिकांश नेपालीहरू दशकौंदेखि भारतीय बजारमै किनमेल गर्न पुग्दै आएका छन् । ती भारतीय बजारका प्रमुुख ग्राहक तथा उपभोक्ता नै नेपाली हुन् ।
वनगाउँ बजारस्थित जयश्रीराम बर्तन भण्डार एण्ड हार्डबेयरका सञ्चालक वीरेन्द्र गुप्ताले दशैं, तिहार, तीजलगायत मुख्य–मुख्य चाडपर्वमा लाखौं नेपालीहरू किनमेलको लागि आउने गरेको सुनाए । नेपाली उपभोक्ताबाटै बजार चलेको स्वीकार गर्दै गुप्ताले नेपाली बजारभन्दा सस्तोमा मालसामान बिक्री गर्दै आएको दाबी गरे ।
धनगढी बजारदेखि करीब ५ किलोमिटर र त्रिनगर भन्सार नाकादेखि करीब २/३ किलोमिटर दूरीमा रहेको अस्थायी वनगाउँ बजार फस्टाउनु पहिले झण्डै डेढ सय वर्षसम्म निकै फस्टायो, गौरीफन्टा बजार । तर एसियाकै दोस्रो ठूलो मानिने दुधुवा नेशनल पार्कभित्र पर्ने र जसले जैविक विविधता तथा पार्यावरणमाथि असर पारेको निष्कर्ष निकाल्दै सो बजारलाई भारतको उत्तर प्रदेश सरकारले विस्थापन गर्यो ।
गौरीफन्टा विस्थापनपछि त्यहाँकै व्यपारीहरूले दुधुवा नेशनलपार्क छेउमा वनगाउँ बजार सञ्चालनमा ल्याएका हुन् ।
गौरीफन्टा बजार विस्थापन भएपछि धनगढीका व्यवसायीहरू खुशी भएका थिए । तर २ वर्ष नपुग्दै वनगाउँ पनि गौरीफन्टाकै रूप लिन थालेपछि धनगढी बजारमा प्रत्यक्ष असर पारेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा बताउँछन् । नेपाली बजारले भारतीय बजारसंग प्रतिस्पर्धा गर्न नसक्दा पनि केही हदसम्म असर गरेको उनले उल्लेख गरे ।
पछिल्लो समय धनगढीलगायत नेपाली बजारले पनि निकै फड्को मारेको बताउँदै उनले खुला सीमा नाका, चोरी तस्करीले नेपाली बजारमा असर पार्नुको साथै भारतीय बजारबाट चोरी तस्करी गरी नेपाली समाजमा भित्रिने लागूऔषधले विकृति समेत बढाएको दाबी गरे ।
स्वादेशी वस्तुको उत्पादन, उपभोगले मात्रै अर्थतन्त्र मजबुत हुने बताउँदै आमउपभोक्ताले गुणस्तरीय स्वादेशी वस्तुको भोगमा ध्यान दिनुुपर्नेमा वरिष्ठ उपाध्यक्ष ओझाले जोड दिए ।
भारतीय वनगाउँ बजारले धनगढी बजारलाई, चन्दनचौकी बजारले कैलाली जिल्ला दक्षिणी क्षेत्रमा रहेको हसुलिया बजारलाई र अर्को भारतीय तिकुनिया बजारले जिल्लाको टीकापुर बजारलाई असर गर्दै आएको हो ।
नेपाली मुद्रामै कारोबार
सीमावर्ती भारतीय बजारहरूमा नेपाली मुद्रामा नै कारोबार हुँदै आएको छ, जसले गर्दा नेपाली उपभोक्ताहरूले सहजै ती भारतीय बजारमा किनमेल गर्न पाएका छन् । तर जसले सोझै नेपाली अर्थ प्रणालीमा असर पार्ने जानकारीहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले नेपाली मुद्राले भारतीय वस्तु खरिद गर्नुले एकातिर परनिर्भरता बढाउने र अर्कोतिर नेपाली बजारमा कारोबार घट्ने तथा स्वादेशी उत्पादनमा ह्रास ल्याउने भएकोले आमउपभोक्ता समेत सचेत हुन जरुरी रहेको बताए ।
नेपाली उपभोक्ताले सोझै भारतीय बजारबाट सामान खरिद गर्दा केही हदसम्म राज्यको राजस्व संकलनमा समेत गिरावट ल्याउने निर्देशक अधिकारी बताउँछन् । तथापि यसबारे अनुसन्धान गर्न भने बाँकी नै रहेको उनले उल्लेख गरे ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...